Comments Add Comment

४७ दिनसम्म हिउँ र नुन खाएर बाँचेका युवकः बाँच्छु भन्ने मनमा लागिरहृयो


१४ बैशाख, काठमाडौं । उत्तरी धादिङको रुवीभ्याली घुम्ने क्रममा हिउँमा चिप्लिएर वेपत्ता भएका ताइवानी युवक ४७ दिनपछि जीवितै भेटिएका छन् ।

उनी २ हजार ६०० मिटर उचाइको क्षेत्रमा भेटिएका हुन् । उनकी प्रेमिकाको भने निधन भएको छ ।

ताइवानी लियान सेङ यू र लिउ चेन युन फागुन अन्तिम साता रुपभ्यालीबाट लाङटाङ जाने क्रममा त्याग्रेभीरबाट चिप्लिएर खाल्डोमा खसेका थिए । हिउँमा चिप्लिएका उनीहरु करिव २०० मिटर तल पहरा छाँगामा अलपत्र परेका थिए ।

बुधबार उद्धार टोलीले भेट्टाउँदा लियान सेङ यू लियान सेङ यूको कपाल हिउँले ढाकिएको थियो भने नजिकै लिउ चेन युनको शव थियो ।

लियान सेङ यूको अहिले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ र, उन खतरामुक्त छन् । उनी अहिले कुराकानी गर्न सक्छन् ।

हिउँ र नुन खाँदै बस्दै

हराएको समयमा हिउँ र नुन खाएर बसेको उनले बताए । उनले यो ४७ दिनसम्म आफूले कहिल्यै हिम्मत नहारेको पनि चिकित्सकहरुलाई सुनाएका छन् । उनले भनेका छन्, ‘बाँच्छुु भन्ने मनमा लागिरहेको थियो ।’ उनलाई यही इच्छाशक्तिले नै ४७ दिनसम्म बचाएको मानिएको छ ।

ताइवानको नेशनल डोङ हृवा युनिभर्सिटीका विद्यार्थी लियान सेङ यू र लिउ चेन युन भारत हुँदै नेपाल आएका थिए । उनीहरु मार्च ९ मा उत्तर धादिङमा थिए ।

भारी हिमपातका बीच रुवीभ्याली हुँदै लाङटाङ हिडेका उनीहरु हिउँमा चिप्लिएर लडेका थिए । दुबैको परिवारले लगातार खोजी गर्ने क्रममा बुधबार भेटिएका हुन् ।

युवकको परिवारले जर्मनीमा पुगेर भविश्यवत्तालाई देखाउँदा पनि छोरा जिउँदैछ भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment