Comments Add Comment

गरिबी निवारण कोषद्वारा सिर्जनशील पुरस्कार

१६ वैशाख, पथरी (मोरङ) । गरिबी निवारण कोष मोरङले उत्कृष्ट संस्था र सदस्यलाई शुक्रबार पुरस्कृत गरेको छ ।  कोषको सहयोगमा मोरङमा गठित सामुदायिक संस्था र तिनका सदस्यमध्येबाट उत्कृष्ट भएकालाई सिर्जनशील पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कृत हुनेमा कोलबोटे सामुदायिक संस्था, लेटाङ–७, सरस्वती सामुदायिक संस्था, धनपालथान–३, सृष्टि सामुदायिक संस्था ग्रामथान–१, रामादेवी राजवंशी, कटहरी–६ र कमलीदेवी शर्मा, धनपालथान–४ छन् । पुरस्कृत संस्था प्रत्येकलाई रु १५ हजार र सदस्यलाई रु १२ हजार पाँच सय हस्तान्तरण गरिएको छ ।

उत्कृष्ट संस्था र सामुदायिक संस्थाका सदस्यलाई स्थानीय विकास अधिकारी शोभाखर रेग्मी र कोषका इन्फ्रा विभाग प्रमुख दिलमानसिंह बस्न्यातले पुरस्कृत ग।

कोषको सहयोगमा मोरङका साबिकका २६ गाविसका चार साझेदार संस्थाले एकीकृत गरिबी निवारण कार्यक्रम सञ्चालन गरेका छन् । साझेदार संस्थाले गठन गरेका तीन सय बढी सामुदायिक संस्था र तिनका सदस्यमध्येबाट उत्कृष्ट भएकालाई पुरस्कृत गरिएको कोषका कार्य प्रबन्धक किरणकुमारी चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment