Comments Add Comment

संरक्षक र इरा च्याम्पियन

१६ वैशाख, काठमाडौं । संरक्षकभूषण वज्राचार्य र इरा रावत पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मुख्य स्पर्धा सिंगल्समा च्याम्पियन बनेका छन् ।

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको पुरुष फाइनलमा डिफेन्डिङ च्याम्पियन संरक्षकले जितेन्द्र परियारलाई ६-४ र ६-४ को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरे ।

नयाँ च्याम्पियन बन्ने क्रममा इराले महिलाको उपाधि भिडन्तमा माहिका राणालाई ६-२, ५-७ र ६-३ को सेटमा हराइन् । दुवै समूहमा पहिलो र दोश्रो हुनेले क्रमशः ३० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायेजनमा काठमाडौं जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा सञ्जय अमात्य र धर्मरत्न शाहीको जोडी पहिलो भए । उक्त जोडी राजु क्षेत्री र डेगेन्द्र श्रेष्ठको जोडीबाट वाकओभर पाए । विजेताले १५ हजार र उपविजेताले ७ हजार ५ सय नगद हात पारे ।

नगद ३ लाख २१ हजार र गिफ्ट ह्याम्पर ६४ हजार गरी कुल ३ लाख ८५ हजार पुरस्कारको साताव्यापी प्रतियोगितामा २ सय ५२ खेलाडीले विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

भेट्रान ५५ वर्षमाथि सिंगल्स/डबल्स तथा ६५ वर्षमाथि बाहेक सबै स्पर्धामा नगद पुरस्कारको व्यवस्था थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment