+
+

पत्रपत्रिकाका फ्रन्टपेजः चुनावअघि संसदमा सरकार र बिपक्षीको निर्णायक भिडन्त

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १७ गते ६:२३

१७ बैशाख, काठमाडौं । संविधान संशोधन गरेर दुई चरणमा निर्वाचन गर्ने सत्तारुढ दलको तयारी छ । तर, एमालेलगायतका विपक्षी दलहरु भने संविधान संशोधन कुनै पनि हालतमा हुन नदिने योजनामा छन् । आज प्रकाशित दैनिक पत्रिकाहरुले संविधान संशोधनमा देखिएको यस्तै असहमतिको विषयलाई लेखेका छन् । संशोधन विधेयकमा ५० संशोधन परेकादेखि चुनाव सार्न बाहनाबाजी गरेकासम्मका खबर आजको पत्रपत्रिकामा छन् ।

गोरखापत्र दैनिकले संशोधन विधेयकमा ५० संशोधन परेको विषयलाई मुख्य खबर बनाएर छापेको छ । गोरखापत्रमै संविधान सर्वस्वीकार्य बनाउन संशोधन गर्नु परेको भनेर कांग्रेस सभापति शेरबहादुर देउवाले व्यक्त गरेको भनाइ पनि प्रकाशित छ ।

नागरिक दैनिकले एमालेबिनै दुईतिहाइ पुर्याउन गृहकार्य भइरहेको लेखेको छ । चुनावले यार्सा–यात्रा अलपत्र परेको अर्को खबर पनि नागरिकमा छापिएको छ ।

कान्तिपुर दैनिकले ‘सत्तापक्षको परिमार्जन प्रस्तावः प्रदेशसभाको भूमिका परामर्शदातृ मात्रै’ शीर्षक दिएर मुख्य खबर लेखेको छ ।

अन्नपूर्ण पोस्ट दैनिकले आबीओआर शिखर सम्मेलनमा अर्थमन्त्रीले हस्ताक्षर गर्ने तयारी गरेको विषयलाई प्रमुखताका साथ छापेको छ ।

‘निर्वाचन दुई चरणमैः कांग्रेस’ शीर्षक दिएर मुख्य खबर लेखेको नयाँ पत्रिका दैनिकले बालकोटमा देउवा–ओलीबीच भेटवार्ता भएकादेखि नेपाल–भारत कार्गोमा विद्युत्तीय निगरानी गर्नेसम्मका खबरलाई स्थान दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?