Comments Add Comment

सरकारलाई एमालेका तीन सर्त

१७ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले तीन सर्त पूरा गरे बजेटअघि गर्नेगरी स्थानीय तहको चुनाव मिति सार्न सकिने निष्कर्ष निकालेको छ । स्थायी कमिटिको शनिबारको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकपछि एमालेका एक नेताले भने, ‘सहमतिको वातावरण बन्छ भने वैशाख ३१ को मिति एक–दुई साता पर सार्न सकिन्छ । तर, त्यसका लागि हामीले तीन सर्त राखेका छौं ।’

उनका अनुसार, एमालेले चुनाव मिति केही दिन सार्न सरकारले संविधान संशोधन विधेयक फिर्ता लिनुपर्ने, बजेटअघि तर एकै चरणमा निर्वाचन गर्नुपर्ने र मधेसी मोर्चा पनि निर्वाचनमा आउनुपर्ने ग्यारेन्टी हुनुपर्ने सर्त अघि सारेको नागरिक दैनिकले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment