Comments Add Comment

एमालेले चुनावी घोषणापत्र सार्बजनिक गर्दै

१७ बैशाख, काठमाडौं । नेकपा एमालेले स्थानीय चुनावको घोषणापत्र आज सार्बजनिक गर्दैछ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलनमार्फत् घोषणापत्र सार्वजनिक गर्ने एमालेले जनाएको छ ।

एमालेको घोषणापत्रमा पाँच वर्षभित्र ५ हजार अमेरिकी डलर आम्दानी हुने गरी आर्थिक स्रोतहरू परिचालित गर्ने, तीन वर्षभित्र गरिबी समाप्त पार्ने, एक घर एक रोजगारीको व्यवस्था गर्ने, वृद्धभत्ता बढाएर पाँच हजार पुर्‍याउने लगायतका विषय उल्लेख छन् ।

यसैगरी शिक्षा, स्वास्थ्य, पिउने पानी, आवास, खेलकुद, मनोरञ्जनजस्ता मानवीय आवश्यकताका आधारभूत कुराहरू सबै निःशुल्क गराउने एमालेले जनाएको छ ।

घोषणापत्रसँगै महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका उम्मेदवारहरु पनि सार्बजनिक गर्ने एमालेको तयारी छ । स्थानीय तह निर्वाचनका ९० प्रतिशत उम्मेदवारको टुंगो लगाइसकेको एमाले सचिव योगेश भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment