Comments Add Comment

अमेरिकी क्रिकेटको सदस्यता खारेज गर्नेबारे आईसीसी पूर्ण परिषदले निर्णय लिने

१८ बैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको बोर्ड बैठकले अमेरिकी क्रिकेट संघको सदस्यता खारेज गर्ने प्रस्ताव आईसीसी पूर्ण परिषदमा प्रस्ताव लैजाने निर्णय गरेको छ ।

आगामी जुनमा हुने आईसीसी सदस्य मुलुकहरुको पूर्ण परिषद बैठकले अमेरिकी क्रिकेटको भविश्य फैसला गर्नेछ ।

सन् २०१५ मा अमेरिकी क्रिकेट संघलाई निलम्बन गरेपछि त्यहाँका क्रिकेट समुदायलाई एकजुट गर्न २ बर्षको समय लागेको थियो । आईसीसीले अमेरिकी क्रिकेटलाई निलम्बन गरेको १२ बर्षको अन्तरालमा यो तेस्रो पटक हो ।

अमेरिकी क्रिकेट विवादको समाधानका लागि आईसीसीले स्थायी फाउण्डेेसन सल्लाहकार समूह निर्माण गरेको थियो । समूसले अमेरिकी क्रिकेटका सरोकारवाला ब्यक्ति र निकायहरुसँगको छलफलमा बिभिन्न कदमहरु चालेको थियो ।

तर, निलम्बन फिर्ताका लागि आइसीसीको सल्लाहकार समितिले राखेका सर्तहरु पूरा नहुने देखेपछि बोर्ड बैठकले अमेरिकी क्रिकेटलाई आईसीसी सदस्यबाट निष्कासित गर्ने प्रस्ताव आईसीसी पूर्ण परिषदमा लैजाने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment