Comments Add Comment

कुन स्थानीय तहमा को-को बने उम्मेदवार ?

 

 

१९ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत पहिलो चरणको चुनावका लागि आज ३४ जिल्लामा उम्मेदवारी दर्ता भइरहेको छ । विहान १० बजेबाट सुरु भएको उम्मेदवारी दर्ता प्रक्रिया साँझ अबेरसम्म चलेको थियो ।

पहिलो चरणको निर्वाचन प्रदेश नम्बर ३, ४ र ६ का  २८३ स्थानीय तहमा उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी मनोनयन पत्र दर्ता कार्य  शान्तिपूर्ण तथा उत्साहजनकरुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनमा देखिएको उत्साहले निर्वाचन आयोगले खुसी र गौरव महसुस गरेको बताए । उनले काठमाडौं र ललितपुर जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी मनोनयन प्रक्रियाको अवलोकन समेत गरे ।

नोटः यो प्रारम्भिक सूचनाका आधारमा तयार पारिएको उम्मेदवारहरुको सूचीमा छ । यदि तपाईसँग पनि स्थानीय चुनावसम्वन्धी सूचना छन् भने अनलाइनखबरको डेक्समा ०१ ४७८६४८९  फोन वा   [email protected] मा सम्पर्क गर्न सक्नु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment