+
+

रामकृष्णको ‘सारङ्गीको तार’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १९ गते १४:५९


लोकप्रिय गायक रामकृष्ण ढकालको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘सारङीको तार’ बोलको मार्मिक गीतमा भुवन शर्मा कँडेलको शब्द छ भने बिशाल ढकालले संगीत दिएका छन् ।

भिडियोमा रीमा बिश्वकर्मा र ध्रुब केसीको अभिनय छ । यस गीतलाई दीपेन्द्र केसीले निर्देशन गरेका हुन् । नरेन्द्र सिंहको छायांकन रहेको यस भिडियोलाई चितवन र नवलपरासी आसपासमा छायांकन गरिएको छ ।

यो गीतलाई दर्शक स्रोताले आˆनो पहिलाको गीत जस्तै मन पराउने विश्वास गायक रामकृष्ण ढकालको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?