+
+
Shares

प्रधानमन्त्रीका सल्लाहकार भन्छन्- पहिलो चरणको चुनावपछि देउवा प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २० गते १६:४५

२० बैशाख, काठमाडौं। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले पहिलो चरणको चुनावपछि माओवादी केन्द्रको समर्थनमा देउवा प्रधानमन्त्र बिन्ने प्रष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लबमा अयोजित साक्षात्कारमा बोल्दै सल्लाहकार खनालले नयाँ सरकारमा पनि कांग्रेस र माओवादी केन्द्रको गठबन्धन कायमै रहने बताए ।

उनले भने, ‘जेठको पहिलो साता कांग्रेस सभापति देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ, दुई पार्टीको सहमति तोडिँदैन ।’ उनले विगतमा सत्ता समीकरण भद्र सहमतिका कारण तोडिएका थुप्रै उदाहरण भएकोले अहिले त्यस्तो फोहोरी प्रवृत्ति नदाहोरिने दावीसमेत गरे ।

उनले बजेट र अर्को चुनावको तालमेल कसरी मिलाउने भन्नेबारेमा गम्भीर छलफल भइरहेको पनि जनाए । जेठ १५ मा बजेट ल्यउन सरकारले तीव्र तयारी गरिरहेकोसमेत जनाए ।

खनालले सरकारले परिमार्जनसहित संसदमा दर्ता गराएको संविधान संशोधन बिधयेक पहिलो चरणको निर्वाचन लगत्तै संसदबाट पारिद हुने दावी गरे । उनले भने, ‘मधेशलाई पनि विश्वासमा लिएर जानुपर्छ, पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि दुई वटा चुनावको मिति पनि चाँडै नयाँ सरकारले घोषणा गर्छ ।’

खनालले राप्रपाले सरकार छोड्नुमा त्यो उसको आन्तरिक कारण भएको बताए । पार्टी फुट्नसक्ने अवस्था भएपछि उहाँहरु बाहिरिनुभएको हो, नयाँ सरकारमा सहभागी हुनुहुन्छ भने पनि हामी गठबन्धनमा स्वागत गर्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?