Comments Add Comment

उम्मेदवारले आज दिउँसो १ बजेदेखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने

अन्तिम नामावली प्रकाशन र चिह्न प्रदान भोलि


२१ बैशाख, काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिने समय बुधबारका लागि तोकेको छ । आफ्नो उम्मेदवारी मनोनयन फिर्ता लिन चाहने उम्मेदवारले आज दिउँसो एक बजेदेखि साँझ ५ बजेसम्म फिर्ता लिन सक्नेछन् ।

आयोगले उक्त समयभित्र सम्वन्धित स्थानीय तहमा पुगेर आफ्नो उम्मेदवारी फिर्ता लिन भनेको हो । पार्टीहरुबीच चुनावी तालमेल भएमा वा अन्य कारणले उम्मेदवारले चुनावमा प्रतिस्पर्धा गर्न नचाहेमा उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।

आयोगले आजै बिहान ११ बजेदेखि १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको सूची सार्वजनिक गर्दैछ । उम्मेदवारीका लागि परेको निवेदनको चेकजाँच गरी आयोगले बिहान ११ बजेदेखि १ बजेसम्म सूची प्रकाशित गर्नेछ । उक्त सूचीमा नाम समावेश भएका उम्मेदवारले ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन पाउनेछन् ।

आयोगले उम्मेदवारको अन्तिम नामावली भोलि ११ बजे सार्वजनिक गर्दैछ । उम्मेदवारको अन्तिम नामावलीमा समावेश भएका उम्मेदवारहरुलाई आयोगले भोलि नै निर्वाचन चिहृन दिएर स्थानीय तह निर्वाचनको उम्मेदवार घोषणा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment