Comments Add Comment

चारवटा फिल्म लत्याएपछि ऋतिक खाली हात

ऋतिक रोशनलाई बलिउडका चल्तिकै अभिनेता मानिन्छ । तर, पछिल्ला दिनमा उनी पुरै खाली हात छन् । अफर आएका चारवटा फिल्म लगातार रिजेक्ट गरेपछि ऋतिकको हात खाली भएको हो ।

उनलाई सबैभन्दा ठूलो घाटा लागेको छ फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ को अफर अस्वीकार गरेर । यो फिल्ममा पारिश्रमिक र नाफामा हिस्सालाई लिएर उनी सहमत हुन सकेनन् ।

सूत्रले भन्यो, ‘ऋतिकले सलमान खानै अनुपातमा फिल्मको नाफामा हिस्सेदारी खोजेका थिए ।’ यो फिल्म अहिले आमिर खानले गरिरहेका छन् र यसमा अमिताभ बच्चनको पनि भूमिका रहेको छ ।

उनले निर्देशक कवीर खानको एउटा फिल्मलाई पनि लत्याएका छन् । यो फिल्मको विषयवस्तुलाई लिएर कवीर र ऋतिकबीच सहमति हुन नसकेको बताइन्छ । त्यही भएर यो प्रोजेक्ट अगाडि बढ्न सकेन ।

‘ब्याङ् ब्याङ्’ का निर्देशक सिद्धार्थ आनन्दसँग ऋतिक लामो समयदेखि फिल्म सुरु गर्ने विषयमा छलफल गरिरहेका छन् । उनीहरुले एक्सन फिल्मको योजना बनाएका थिए, तर कथा नै तयार हुन सकेन ।

करण मल्होत्रासँग अग्निपथपछि अर्को एउटा फिल्मको प्लानिङ गरे ऋतिकले । केही विषयमा कुराकानी भयो तर अन्त्यमा उनले यो प्रस्ताव पनि अस्वीकार गरे । चार फिल्म लगातार अस्वीकार गरेपछि ऋतिकसँग अहिले एउटा पनि फिल्म छैन ।

ऋतिकले अभिनय गरेको फिल्म ‘मोहनजो दारो’ नराम्ररी फ्लप भयो । यस फिल्ममा उनले निकै मिहिनेत गरेका थिए । उनको पछिल्लो फिल्म काबिल पनि शाहरुखको रइससँग टक्कर लिनुपर्दा खासै सफल हुन सकेन । यस फिल्मलाई पर्याप्त हल नै प्राप्त भएन । यद्यपि उनका पिता राकेश रोशन फिल्ममा गरेको लगानी उठाउन भने सफल भएका थिए । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment