Comments Add Comment

कांग्रेसले भन्यो-माओवादीसँग चुनावी तालमेलको राजनीतिक महत्व छ

२२ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह चुनावमा माओवादी केन्द्रसँग भएको चुनाव तालमेल स्वभाविक र राजनीतिक महत्वको भएको बताएको छ ।

कांग्रेस र माओवादीबीच दुई महानगर र एक उपमहानगरका साथै केही नगरमा चुनावी तालमेल भएको छ । तर, काठमाडौं र ललितपुरमा तालमेलको प्रयास सफल भएन ।

कांग्रेसको प्रचार समितिका संयोजक रमेश लेखकका अनुसार पोखरा महानगरपालिकामा भएको तालमेल पनि मेयरको मात्र हो ।

माओवादीले मेयरमा कांग्रेसका रामजी कुँवरलाई समर्थन गरेको छ । तर, उपमेयरमा दुबै दलको उम्मदेवार कायमै छ ।

भरतपुरमा भने माओवादीले मेयर र कांग्रेसले उपमेयर लिने गरी चुनावी तालेमल भएको छ ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा संयोजक लेखकले भने, ‘यो चुनावी तालमेल प्राकृतिक छ । संघीयता, गणतन्त्र पक्षधर र संविधानको स्वीकार्यता बढाउनुपर्छ भन्ने शक्तिसँगको तालमेल भएकाले यसको राजनीतिक अर्थ पनि छ ।’

कांग्रेसले चुनावी तालमेलको सहमतिलाई कार्यान्वयन गर्न कार्यकर्तालाई अपील समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment