Comments Add Comment

कांग्रेस नेता मार्सल जुलुम शाक्यको निधन

२३ बैशाख, काठमाडौं । पूर्वसांसद एवं कांग्रेस नेता मार्सलजुलुम शाक्यको ७७ वर्षको उमेरमा निधन भएको छ । ग्राण्डी अस्पतालमा उपचारका क्रममा शाक्यको शनिबार बिहान ९ बजे मृत्यु भएको हो ।

निमोनियाका कारण उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

अस्पताल स्रोतका अनुसार शाक्य खाना सर्किएर हुने निमोनियाबाट पीडित भई आठ दिनअघि अस्पताल भर्ना भएका थिए ।

यसअघि पनि अस्पताल भर्ना भएर उनी निको भई घर फर्केका थिए । अचानक ऐक्सिरेसन निमोनियाले भेटेपछि उनी बेहोस भएका थिए ।

उनलाई आइसीयुमा राखेर उपचार गिरिँदै थियो ।

सन् १९४० मा काठमाडौंमा जन्मिएका शाक्य लामो समय प्रजातान्त्रिक आन्दोलनमा होमिएका थिए । नेपाल विद्यार्थी संघको संस्थापक मध्येका एक रहेका शाक्य पूर्वसांसद समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment