Comments Add Comment

पोखरामा विप्लव कार्यकर्ताले कांग्रेस उम्मेदवारको गाडी जलाए

धादिङमा दुई गाडीमाथि आगजनी


पोखरा, २४ बैशाख । विप्लव माओवादीका कार्यकर्ताले कास्कीको माछापुच्छ्रे गाउँपालिकाका कांग्रेस उम्मेदवारले चुनाव प्रचारमा प्रयोग गरेको गाडी जलाएका छन् । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ का कांग्रेस उम्मेदवार गुञ्जमान गुरुङको ग१ज ६४४५ नम्बरको जीपमा आगो लगाएका हुन् ।

आगलागबाट गाडीको सिट, हुट जल्नुका साथै सिसामा समेत क्षति पुगेको कास्कीका कास्कीका प्रमुख प्रहरी उपरीक्षक घनश्याम अर्यालले जानकारी दिए ।
चुनाव प्रचार सकेर सार्दीखोलको चौरमा राखिएको गाडीमा विप्लव कार्यकर्ताले १२ः३० राति आगो लगाएको प्रहरीको भनाइ छ ।

आगो लगाउने विप्लव माओवादीका ३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको अर्यालले बताए । उनीहरुलाई आवश्यक कार्बाहीको तयारी गरिएको उनले जानकारी दिए ।

उता, गएराति नेपाली काँग्रेसले चुनाव प्रचारका लागि प्रयोग गरेका दुईवटा गाडीमाथि धादिङमा आगजनी भएको छ ।

धुनीबेँसी नगरपालिका–५ मा रोकेर राखेको अवस्थामा ती गाडी जलाइएको हो ।

बा१२च १२७६ नंको बोलेरो जिप र बा३च १७०३ नं को जिप्सी गाडी अज्ञात समूहले जलाइदिएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

जलाउनेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment