+
+
Shares

पोखरामा उम्मेदवारको आश्वासन-सडक भत्किए २४ घण्टाभित्रै मर्मत गरिन्छ

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २४ गते १३:१७

२४ वैशाख, पोखरा । पोखरा लेखनाथ नगरपालिकामा एमालेका उम्मदेवारहरुले सडक भत्किएको २४ घण्टामै मर्मत गर्ने आश्वासनसहित घरदैलो अभियान थालेका छन् ।

कांग्रेस-माओवादी तालमेलले दबाबमा परेका एमालेका मेयर र उपमेयरका उम्मेदवार मानवहादुर जिसी र मन्जु गुरुङले कांग्रेस-माओवादी तालमेल भएपछि मतदाताको घरघरमा पुगेर मत माग्न थालेका हुन् ।

देशकै ठूलो महानगरका धेरै समस्या छन् । प्रायः सबै दलका उम्मेदवारका एजेण्डा एउटै छन् । तर, कांग्रेस र माओवादी मिलेपछि एमाले उम्मेदवारहरु मतदाताको आवश्यकता अनुसार आश्वासन दिदै मत माग्न हिडेका हुन् ।

आइतवार विहानैदेखि घरदैलोमा उत्रिएका एमाले उम्मेवार जिसीले आफू मेयरमा विजयी भएमा नवीनतम प्रविधिको प्रयोग गरी जनताका गुनासा र समस्यालाई तत्काल समाधान खोज्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने,’जनताको गुनासा र समस्यालाई तत्काल समाधान गर्न संयन्त्र निर्माण गर्नुपर्छ, सडकमा खाल्डो पर्‍यो भने २४ घन्टामै त्यसलाई मर्मत गर्ने टिम महानगरमा हुनुपर्छ ।’

उपमेयरका उम्मेद्वार मन्जुदेवी गुरुङले पनि सोही कुरा दोहोर्‍याउँद मत मागिरहेककी छन् ।

एमाले उम्मेवारहरुको चुनाव प्रचारमा प्रदेश संयोजक किरण गुरुङ, सांसद तथा एमाले नेता रविन्द्र अधिकारी, पोखराका पूर्व मेयर कृष्ण थापा लगायतका नेता खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?