Comments Add Comment

कर्जा कडाइले सेयर बजार प्रभावित, केही लगानीकर्ता चुनावी दौडाहामा

हकप्रदले सनराइज र एसबीआईमा आकर्षण


२४ वैशाख, काठमाडौं । गत विहीबारदेखि नेप्से (नेपाल स्टक एक्सचेन्ज) ओरालो लाग्ने क्रममा देखिएको छ ।

आइतबार नेप्से परिसूचक २४ अंकले घटेर १६२८ बिन्दुमा आइपुगेको छ । ‘अहिले लगानीकर्ताले लिएको सेयर कर्जाको ब्याज बढेको छ, नयाँ कर्जा जारी गर्न पनि बैंकहरु खासै इच्छुक देखिएका छैनन्,’ स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष प्रियराज रेग्मीले बताए । बैंकहरुले निक्षेपको ब्याज दर बढाएसँगै चैतको दोस्रो साता देखिनै कर्जाको ब्याजदर पनि वृद्धि गरेका छन् ।

बैंकहरुले नयाँ कर्जा जारी गर्न कडाइ गरेपछि आइतबार भने बजारमा ६९ करोड रुपैयाँको कारोबार भएको छ । यसअघि दैनिक डेढ अर्ब रुपैयाँसम्म सेयर किनबेच भइरहेको थियो । ‘अहिले त सबै लगानीकर्ताहरु आफैसँगको पुँजी लगानी गरिरहेका छन्,’ रेग्मीले स्पष्ट पारे । कर्जा सहज हुँदाको अवस्थामा पनि बजारमा २५ देखि ३० प्रतिशत लगानी कर्जा लिएर हुने गरेको उनको भनाई छ ।

चुनावको लागि केही लगानीकर्ताहरु बजारभन्दा बाहिर रहेको कारणले पनि लगानीमा केही कमि भएको हुनसक्नेमा रेग्मी सहमत जनाउछन् ।

यही बैशाख ३० गते बाट बुक क्लोज मिती सार्वजनिक गरेको सनराइजको सेयरमा आकर्षण देखिएको छ । बैंकको २ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल एसबीआई , नेपाल इन्भेष्टमेन्ट, प्रभु बैंकको पनि सेयर कारोबार उच्च छ । ६ करोडको सेयर किनबेच भएको नेपाल एसबीआईको बुक क्लोज मिती (बैशाख २६) गते रहेकोले कारोबार बढेको हो । बैंकले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

मेरो माइक्रोफाइनान्स र साहारा बिकास बैंकको सेयर मूल्य क्रमशः ८ प्रतिशत र १० प्रतिशतले बढेको छ । हालै मर्जर प्रक्रियाबाट बाहिरीएको साहारा बिकासमा लगानीकर्ता आकर्षित देखिएका हुन् । मेरो माइक्रोको नाफा २५.२५ प्रतिशतले वृद्धि भएको छ ।
सेन्ट्रल फाइनान्सको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ५० प्रतिशत हकप्रद दिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment