२५ वैशाख, डोटी । सामुदायिक वनको लगानीमा शिखर नगरपालिकामा ग्रामीण सडकको निर्र्माण थालिएको छ । शिखर नगरपालिका–११ बारपाटाको तल्लोसातदेखि सडक निर्माण थालिएको हो । जणानकोट सामुदायिक वनको रु आठ लाख बराबरको लगानीमा आदर्श गाउँपालिका–५ बलीगाउँदेखि शिखर नगरपालिका–११ तल्लोसातसम्म जोड्ने सडकको निर्माण थालिएको छ ।
सडकको लम्बाई करिब साढे तीन किलोमिटर रहेको छ । सो सडकको समाजसेवी मानबहादुर रावलले आइतबार शिलान्यास गर्नुभयो । सामुदायिक वनले खोटो, काठपुर्जी आन्तरिक करलगायतका स्रोतमार्फत गरेको आम्दानी सडक निर्माणमा लगाउन लागेको सो सामुदायिक वनका अध्यक्ष भीमबहादुर बोहराले बताए ।
यसअघि पनि सो सामुदायिक वनले आफ्नो आम्दानीबाट सोही वडामा रहेको भगबती आधारभूत विद्यालयको चार कोठे भवन, दुर्गा भगवती मन्दिर, घटला बाबा मन्दिर र पाँच वटा खानेपानीका न्वाला (कुवा)हरु निर्माण गरिसकेको स्थानीय शिक्षक दीपक बोहराले बताए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया 4