+
+

कांग्रेसले देशलाई अघि बढाउँछ : सिंह

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २५ गते १३:२१

२५ बैशाख, काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले सबैलाई चित्त बुझाएर मुलुकलाई अघि बढाउने दावी गरेका छन् ।

नेता सिंहले शान्ति र संविधान निर्माण आफ्नो पार्टीको नेतृत्वमा भएको उल्लेख गर्दै अब समृद्ध राष्ट्र बनाउने संकल्प पूरा गर्नका लागि स्थानीय तहमा कांग्रेसलाई जिताउन समेत अपिल गरे ।

पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार राजुराज जोशीले तयार पारेको प्रतिवद्धता पत्र सार्वजनिक गर्दै उनले काठमाडौं महानगरपालिका स्वच्छ, सफा, हराभरा र समृद्ध बनाउन आफ्नो पार्टी मात्रै सक्षम हुने दावी गरे ।

कार्यक्रममा मेयर पदका कांग्रेस उम्मेदवार राजुराज जोशीले काठमाडौं महानगरमा फ्लाई ओभर निर्माण, अन्तर्राष्ट्रिय स्तरको रंगशाला, सडक बत्ती र ट्राफिक बत्तीको उचित व्यवस्था, सडकमा सिसिटिभीको जडान, प्रदुषण नियन्त्रण, सडक विस्तार, खानेपानी पाइप जडान, विद्युतीय सवारी साधनलाई प्राथमिकतामा राखेको बताए ।

जोशीले पाँच वर्षभित्र काठमाडौं महानगरपालिकाभित्र मेट्रो रेल निर्माण गर्नेदेखि महानगरमा निःशुल्क वाइफाइको व्यवस्था मिलाउने घोषणासमेत गरे ।

यस्तै आधुनिक सडक पेटी निर्माण गर्ने, सुलभ पार्किङ स्थलको व्यवस्था गर्ने, प्रमुख पर्यटकीय र व्यवसायिक क्षेत्रमा सवारी साधन निषेधित क्षेत्र तोकेर निःशुल्क महानगरीय सवारी साधनको व्यवस्था गर्ने, काठमाडौका ३२ वटै वडामा नमूना पार्क निर्माण गर्ने प्रतिबद्धता पनि जोशीले गरे ।

उपमेयरकी उम्मेद्वार हरीप्रभा खड्गी श्रेष्ठले मौलिक परम्परा, घरेलु शिल्पकला, हस्तकला जस्ता घरेलु उद्योगको माध्यमबाट महानगरभित्रका महिला र पुरुषको जीवनस्तर उकास्न भूमिका खेल्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?