+
+
Shares

प्रधानन्यायाधीश कार्कीको निर्णयः मुद्दा नहेर्ने, बिदा पनि नलिने

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २६ गते ६:०५

२६ वैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीले अबको एक महिना आफ्ना लागि इजलास नतोक्ने भएकी छन् ।

आगामी जेठ २५ गतेबाट उनले उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै छिन् । प्रधानन्यायाधीश कार्कीले कुनै पनि मुद्दा नहेर्ने, आफ्नो इजलास नतोक्नुका साथै अवकास पाउनुअघि विदा नलिने सर्वोच्च अदालत स्रोतलाई उद्धृत गर्दै आजको नयाँ पत्रिका दैनिकले खबर लेखेको छ ।

प्रधानन्यायाधीबाट अवकास पाउनु एक महिनाअगावै बिदा बस्ने प्रचलन रहे पनि कार्कीले भने बिदा लिने विषयमा कुनै जानकारी नदिएको सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले. जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?