+
+

करिनाले दिएको पार्टीमा व्वाइफ्रेण्ड लिएर पुगिन् करिश्मा

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २६ गते १०:२३

हालै लन्डनबाट फर्किएकी बलिउड अभिनेत्री करिना अपुरले आफ्नो घरमा एउटा पारिवारिक पार्टी आयोजना गरिन् । सो पार्टीमा कपुर परिवारका सबै सदस्य उपस्थित थिए ।

तर, पार्टीमा सबैको ध्यान चाहिँ करिनाकी दिदी करिश्मा कपुरमा थियो । किनकी उनी आफ्नो व्वाइफ्रेण्डलाई लिएर त्यहाँ पुगेकी थिइन् । उनका व्वाइफ्रेण्ड सन्दीप तोशनीवालले पिंक शर्ट र ब्लु जिन्स लगाएका थिए भने करिश्मा कालो पोशाकमा थिइन् ।

श्रीमानसँग सम्वन्धविच्छेद गरेपछि करिश्मा सन्दीपसँग नजिकिएकी हुन् । उनलाई बारम्बार सँगै भेटिएको छ । उनीहरुको भेट एक साझा साथिको थ्रू पार्टीमा भएको थियो । त्यहाँबाट साथी बनेका उनीहरु छोटो समयमै प्रेममा परेका थिए । सन्दीप भारतको एउटा फर्मास्यूटिकल कम्पनीका सिइओ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?