२६ वैशाख, उदयपुर । उदयपुरको कटारी नगरपालिका–११ हरबेनी बस्ने वर्ष ४७ का भेषबहादुर खत्रीको आज बिहान ९ बजे घरमा चिया खाइरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको छ ।
त्यसैगरी, कटारी–११ गहुँबारीको काफलडाँडा बस्ने वर्ष ५५ का बलबहादुर बस्नेतको पनि घरको दलानमा चट्याङ लागेर मृत्यु भएको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक नरबहादुर केसीले बताए ।
अहिले मृतकको शव लिन प्रहरी घटनास्थल पुगेको छ ।
मंगलबार मात्रै चितवनमा चट्याङ लागेर स्थानीय तह उम्मेदवारको मृत्यु भएको थियो । कालिका नगरपालिका–११ का माओवादी वडा सदस्य सिफल प्रजाको ज्यान गएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4