Comments Add Comment

विश्व क्रिकेट लिगः नेपालले दशैं लगतै हङकङसँग खेल्ने

२६ बैशाख, काठमाडौं । नेपालले दशैं लगतै विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङसँग खेल्ने भएको छ । दुबैका लागि यो खेल गर या मरको खेल हो ।

हङकङ पाँच महिना अघि नै तयारी थालेको छ । तर, नेपाली राष्ट्रिय टोलीले भने कहिले तयारी थाल्ने अझै अनिश्चित छ । यद्यपि प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आयोजना गर्न छलफल चलिरहेको छ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार नेपाल र हङकङको पहिलो खेल असोज २७ गते हुनेछ भने दोस्रो खेल २९ गते हुनेछ ।

नेपाल १० खेलमा ४ जित हाच पार्दै ८ अंकका साथ सातौं स्थानमा छ भने हङकङ १ अंकसहित ते्रस्रो स्थानमा छ । शीर्ष स्थानको नेदरल्याण्डको १६ अंक छ । शीर्ष चार टिमले २०१९ को विश्वकपको छनोट खेल्नेछन् भने पुछारका चार टोली डिभिजन टूमा घटुवा हुनेछन् ।

डिभिजन टुमा घटुवा भएमा आईसीसीले दिने ठूलो सहयोग समेत कटौती हुनेछ ।

हङकङले आफ्नो मुख्य लक्ष्य शीर्ष चारमा पर्ने र आईसीसीले दिने हाई पर्फर्मेन्स फण्ड लिने भएको बताएको छ । उसका मुख्य प्रशिक्षक सिमोन कुकले भनेका छन्, ‘हामी शीर्ष चारमा पर्न चाहन्छौं ।’

शीर्ष चारमा पर्ने सम्भावना कायम राख्न नेपाललाई पनि हङकङविरुद्ध दुबै खेल जित्नु पर्ने दबाव छ । तर, तयारी भने सुरु भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment