+
+

प्रमुख निर्वाचन आयुक्त भन्छन्-सरकार गठनमा हस्तक्षेप गर्दैनौं

'बजेट ल्याउन मिल्छ, नयाँ कार्यक्रम राख्न पाइँदैन'

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २७ गते १२:०६

२७ बैशाख, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सरकार परिवर्तनमा निर्वाचन आयोगले हस्तक्षेप नगर्ने बताएका छन् । साथै आयोगले सरकारलाई बजेट ल्याउन नरोक्ने तर, निर्वाचन आचारसंहिता अनुकुलको बजेट मात्र आउनु पर्ने बताए ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले भने, ‘सरकार गठनमा प्रवेश गर्नु उपयुक्त र हाम्रो आफ्नो क्षेत्राधिकारमा पर्दैन ।’

मुलुक अहिले पनि संक्रमणकालमै रहेको भन्दै उनले अघि भने, केयर टेकर सरकार भएको भए एउटा कुरा हुन्थ्यो । तर, कहिले बहुमत त कहिले अल्पमतको सरकार हुन्छ । हामी सरकार गठनमा हस्तक्षेप गर्न गयौं भने चुनाव गराउनु पर्ने मुल कामबाट विमुख हुनसक्छौं ।’

प्रमुख आयुक्त यादवले सरकारले जेठ १५ मै बजेट ल्याउन सक्ने बताए । तर, मतदातालाई प्रभावित पार्ने नयाँ कार्यक्रम भने राख्न नपाइने उनले बताए ।

जेठ १५ मा बजेट ल्याउने संवैधानिक व्यवस्था नै रहेको भन्दै उनले भने, बजेट ल्याउन मिल्छ । तर, आचार संहित अनुकुल हुनुपर्छ । मतदातालाई प्रभावित पार्ने नयाँ कार्यक्रम बजेट ल्याउनु हुँदैन भनेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?