Comments Add Comment

निर्वाचन सुरक्षाः भक्तपुरमा दुई हजार सुरक्षाकर्मी परिचालन


२७ बैशाख, भक्तपुर । स्थानीय तहको चुनावको सुरक्षाका लागि भक्तपुर जिल्लामा झण्डै दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले स्थानीय तहको निर्वाचनका लागि भक्तपुरको सुरक्षा अवस्था कडा पारिएको बताएका छन् ।

बुधबार रफत सञ्चार क्लबले आयोजना गरेको कार्यक्रममा उनले जिल्लाको भौगोलिक अवस्थालाई ध्यान दिएर तीन तहमा सुरक्षा योजना बनाइएको र १९ सयदेखि २ हजारसम्म सुरक्षाकर्मीहरु खटाइएको जानकारी दिए । उनले मतगणना नसकिदासम्म सुरक्षा प्रवन्ध मिलाइएको बताए ।

जिल्लामा निर्वाचनको दिन कुनै अपि्रय घटना भएको अवस्थामा ५ मिनेटभित्रै घटनास्थलमा सुरक्षाकर्मी पुग्ने व्यवस्था गरिएको जानकारी उनले दिए । निर्वाचनलाई शान्तपूर्वक सम्पन्न गर्न ११ सय निजामती कर्मचारी खटाइसकेको र सबै कर्मचारी आज नै मतदान केन्द्रमा पुगिसक्ने बताए ।

बैशाख ३१ गते विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान प्रक्रिया हुने र मतदाता पाँच बजेसम्म लाइनमा बसे समय थप गरिनेसमेत प्रजिअ पोखरेल जानकारी दिए ।

कार्यक्रममा प्रजिअ पोखरेलसहित वीर दल गण नेपाली सेनाका कर्णेल अमृतकाजी गुरुङ, भक्तपुर प्रहरी प्रमुख एसपी किरण राणा राष्ट्रिय अनुसन्धान बिभागका प्रमुख समिर केसीलगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment