Comments Add Comment

बलिउड स्टार जो बाल्यकालमा मजाकका पात्र बन्थे

ठूला स्टारको बाल्यकाल शानदार रुपमै बितेको होला भन्ने धेरैको अनुमान हुन्छ । तर, कतिपयको हकमा यस्तो अनुमान सत्य हुँदैनन् ।

बलिउडमा यस्ता थुप्रै स्टार छन् जो बाल्यकालमा मजाकका पात्र बन्थे र अपमानका शिकार हुन्थे । उनीहरुमा हुने व्यक्तिगत कमजोरीका आधारमा अरुले उनीहरुलाई उडाउँथे । हामी बलिउडका यस्तै स्टारको बारेमा कुरा गर्दैछौं ।

प्रियंका चोपडा

बलिउडदेखि हलिउडसम्म लोकप्रियता हासिल गर्न सफल नायिका प्रियंका चोपडा विगतमा साथीहरुबीच मजाककी पात्र गर्ने गर्छिन् । उनी बाल्यकालमा निकै काली थिइन् । यसैलाई लिएर स्कुलका साथीहरुले उनलाई होच्याउने गर्थे । तर, समयसँगै उनको अनुहारमा बदलाव आयो । अहिले उनलाई कसले होच्याउने ?

ऋतिक रोशन

बाल्यकालमा ऋतिकको बोल्दा भकभक गर्ने समस्या थियो । यसलाई लिएर स्कुलका साथीहरुले उनलाई खुब उडाउँथे । आफ्नो यो समस्या हटाउन उनले स्पीच थेरापीको सहयोग लिए । अन्ततः आफ्नो समस्याबाट छुट्कारा पाएर आफूलाई एक स्टारका रुपमा उभ्याउन सफल भए ।

सोनाक्षी सिन्हा

सोनाक्षी सिन्हा आफ्नो मोटोपनाका कारण मजाककी पात्र बन्ने गर्थिन् । उनी सानोमा असाध्यै मोटी थिइन् । पहिले ८० किलोभन्दा बढि तौल भएकी सोनाक्षीले बलिउडमा आउनका लागि आफ्नो तौल ह्वात्तै बढाइन् । त्यसो त अहिले पनि उनी अरु नायिकाहरुको तुलनामा मोटी नै देखिन्छिन् ।

अभिषेक बच्चन

सुपरस्टार अमिताभ बच्चनका छोरा अभिषेक बच्चन पनि सानोमा साथीभाईको जिस्काईबाट बच्न सकेनन् । उनी डिस्लेक्सिया नामक बिमारीबाट ग्रसित थिए । यस बिमारीका कारण उनी राम्रोसँग पढ्न लेख्न सक्दैनथे । यो बिमारीका कारण स्कुलमा साथीहरुले उनलाई निकै उडाउँथे । तर अभिषेक यो बिमारीबाट छुट्कारा पाएरै छाडे ।

सिद्धार्थ मल्होत्रा

सिद्धार्थ मलहोत्राको शरीर अहिले निकै सुगठित छ । तर, बाल्यकालमा उनी निकै लुरे थिए र आफ्नो दाजुबाट खुब पिटिन्थे । स्कुलका साथीभाईले पनि उनलाई हेप्थे । तर, उमेर बढ्दै जाँदा उनले आफ्नो ज्यान बनाउँदै गए । अब अहिले उनलाई पिट्ने हिम्मत कसले गर्न सक्ला ?

करण जौहर

निर्देशक तथा निर्माता करण जौहरले थुप्रै हिट फिल्म दिएका छन् । तर बाल्यकालमा उनी साथीहरुबीच हाँसोउका पात्र बन्ने गर्थे । उनी बाल्यकालमा मोटा थिए र यही कारणले साथीहरुले उनलाई उडाउँथे । तर पछि उनले आफ्नो तौललाई नियन्त्रणमा लिन सफल भए र साथीहरुबाट हेपाइको शिकार बन्नु परेन ।

अर्जुन कपुर

अर्जुन कपुर पनि बाल्यकालमा मोटा न मोटा थिए । उनको मोटाइलाई लिएर साथीहरुले बहुतै मजाक गर्थे । उनी अलिकति सुस्त पनि थिए । आफ्नो मोटोपना र सुस्तताका कारण अर्जुनले निकै पीडा झेल्नु पर्‍यो । २० वर्षको उमेरसम्म अर्जुन मोटो र सुस्त नै थिए । तर उले आफ्नो मोटाईलाई नियन्त्रणमा लिन सफल भए । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment