Comments Add Comment

महोत्तरीका दुई गाउँपालिकामा जङ्गली सुँगुर आतङ्क


२९ वैशाख, महोत्तरी । जिल्लाको एकडारा र मनरा गाउँपालिकामा अहिले जङ्गली सुँगुरले आतङ्क मच्चाएका छन् ।

केही दिनदेखि अचानक देखापरेका २०/२५ वटाको समूहमा रहेका ती सुँगुरको समूहले एकडारा र मनरा गाउँपालिकाको चारैतिर खेतबारीमा लगाइएको लाखौँको उखु, फलफूल र तरकारी बालीलाई क्षति पुर्याइरहेको स्थानीयवासीले बताएका छन् ।

यसअघि कहिले नदेखिएका लामो चुच्चो परेको मुख भएका सुँगुर एकडारा र मनराका १५/२० बिघाभन्दा बढीमा लगाइएको उखुको जरा काटिदिने, आधा बोट काटिदिने गर्नाले अधिकांश उखु नष्ट भएको मनराका रवीन्द्र भगतले बताए ।

त्यसैगरी, सुँगुरले ५०/६० बिघामा लगाइएको लौका, फर्सी, बोडी, भिन्डी, टमाटरलगायत विभिन्न किसिमको तरकारी बाली र तरबुजा, काँक्रो, केरालगायत फलफूल खाइदिने तथा जथाभावीरुपमा खेतबारी खनेर क्षति पु¥याउने गरेको एकडाराका गोपाल झाले बताए ।

यसअघि कहिले नदेखिएका ती सुँगुरको समूहले खेतबारीमा क्षति पुर्याइरहँदा पीडित किसानले धपाउन जाँदा समूहमै सुँगुरले किसानलाई पनि लखेट्ने गरेको र अत्यधिक तीव्रगतिमा मानिसतिरै आइलाग्नाले किसानलाई त्रसित बनाउने गरेको स्थानीयवासी बताउँछन् ।

दर्जनौँको समूहमा रहेका ती जङ्गली सुँगुरले अहिले त्यस क्षेत्रका एकडारा र मनरा गाउँपालिकाभित्र रहेका मनरा, एकडारा, कट्टिकटैया, इटहर्वाकट्टी, साँढा, भटौलिया, भङ्गहिया, पर्सा, सहसराम, भोलही सहितका गाउँमा लाखौँको क्षति पुर्याउँदै स्थानीयस्तरमा आतङ्क मच्चाएको सर्वसाधारणको गुनासो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment