+
+

मोरङको बेलवारीमा बस दुर्घटना हुँदा १ को मृत्यु, १२ यात्रु गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ३० गते १०:३८

३० वैशाख, विराटनगर । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बेलवारी सडकखण्डमा शनिबार बिहान बस र टिप्पर ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना यात्रु गम्भीर घाइते भएका छन् ।

बेतना-सिमसार सडकखण्डको बेलवारी- ४ मा ना ५ ख ८५०१ नम्बरको बसले बा २ ख ७१८५ नम्बरको टिप्परलाई पछाडिबाट ठक्कर दिएको थियो ।

तीव्र गतिमा रहेको बसले टिप्परलाई ठक्कर दिएपछि बसमा सवार करिव ५० वर्ष उमेरका जस्ता देखिने पुरुषको मुत्यु भएको हो । इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामजी कटुवालले दिएको जानकारी अनुसार उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । मृतकको नाम बतन खुल्न सकेको छैन ।

दुर्घटनामा गम्भीर घाइते भएका १२ जना यात्रुलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । अन्य सामान्य घाइतेको बेलवारीस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?