३० बैशाख, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले देश संकटको चक्रव्यूहमा फसेको भन्दै यो स्थानीय तह निर्वाचनले पूर्ण समाधान दिन नसक्ने बताएका छन् । तर, संकट समाधानको दिशामा स्थानीय चुनाव महत्वपूर्ण खुड्किलो बन्न सक्ने उनले बताए ।
शनिबार सार्बजनिक अपिल जारी गर्दै राप्रपा अध्यक्ष थापाले भनेका छन्, ‘विगत २१ बर्षको अवधिमा अवलम्बन गरिएका गलत नीति र त्रुटिपूर्ण मार्गचित्रको परिणामस्वरुप देश अहिले गंभीर संकटको चक्रव्युहमा फसेको छ । यो चुनावले संकटको पूर्ण समाधान दिन सक्दैन, तर यो चुनाव निश्चय पनि संकट समाधानको दिशामा एक महत्वपूर्ण कोशेढुंगा र खुडि्कलो बन्न सक्छ ।’
उनले चुनावले संविधान कार्यान्वयनलाई अग्रगति प्रदान गर्ने र मुलुकमा न्युनतम शान्ति, स्थायित्व र प्रजातान्त्रिक वातावरण तयार पार्ने विश्वास व्यक्त गरे ।
पहिलो चरणको चुनावको सफलताले दोस्रो चरणको चुनावलाई पनि सहज तुल्याउने थापाले विश्वास व्यक्त गरे ।
उनले पार्टीको निहित स्वार्थभन्दा माथि उठेर विवेकपूर्ण ढंगले मताधिकारको प्रयोग सबै मतदातालाई अपिल गरेका छन् ।
प्रतिक्रिया 4