+
+

LIVE अपडेटः स्थानीय चुनावमा कहाँ के भइरहेको छ ?

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ३१ गते ११:४२

३१ बैशाख, काठमाडौं । छिटपुट घटना बाहेक पहिलो चरणको स्थानीय चुनाव शान्तिपूर्ण भएको छ । निर्वाचनमा मतदाताहरुको उत्साहजनक रुपमा सहभागीता छ ।

गोर्खाको चुमनुब्री गाउँपालिका- १ को साम्देमा मतदान सम्पन्न भइसकेको छ । त्यहाँ ७१ मतदातामध्ये ७० मत खसेको छ ।

दोलखामा भने तनावको अवस्था सिर्जना भएको छ । कांग्रेस र एमालेबीच झडप भएपछि आलम्पु केन्द्रमा मतदान रोकिएको छ ।

रामेछापको दोरम्बा गाउँपालिका-५ स्थित टोकरपुरको एउटा मतदान केन्द्रमा झडप भएपछि मतदान स्थगित भएको छ ।

नमोबुद्ध नगरपालिका-४ काफ्लेथोकस्थित जनक माविका दुईवटा केन्द्रमा मतदान रोकिएको छ । । शनिबार राति नवराज पाठकको हत्या भएको घटनाको कारण मतदान सुरु हुन नसकेको हो ।

क्षेत्रनम्बर ६ अन्तर्गत सुर्खेत, दैलेख र रुकुममा पनि शान्तिपूर्ण रुपमा निर्वाचन भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
भक्तपुरको गठ्ठाघर र मध्यपुर थिमीमा भेटिएका सकेट बम नेपाली सेनाले निष्कृय पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?