Comments Add Comment

मौसम पूर्वानुमान महाशाखा भन्छ- साँझ पानी पर्छ

यस्तो छ प्रदेश ३, ४ र ६ को मौसमी पूर्वानुमान

३१ बैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा पानी परेपछि केही स्थानमा मतदान प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाले आज अपरान्ह वा साँझपख पनि वर्षा हुने अनुमान गरेको छ ।

‘प्रदेश नम्बर ३, ४ र ६ का केही पहाडी भू-भागहरुमा साँझपख हल्का वर्षा हुने देखिन्छ,’ मौसमविद विदुशी पोखरेलले अनलाइनखबरसँग भनिन्, ‘खासै ठूलो पानी त पर्दैन, तर पर्ने क्रम जारी रहन्छ ।’

नेपालको दक्षिणी भाग नजिक रहेको पूर्व-पश्चिम फैलिको न्यून चापीय रेखा, पूर्वी नेपाल नजिक रहेको उत्तर-दक्षिण फैलेको न्यून चापीय रेखा, बंगालको खाडीबाट सतहीरुपमा आइरहेको जलवाष्पयुक्त हावा र पश्चिमी वायुको प्रभाव नेपालमा देखिएको छ । सोही प्रभावका कारण पानी पर्ने क्रम जारी रहने मौसमविद पोखरेलले बताइन् ।

उनले भनिन्, ‘अहिले प्री-मनसुन जारी छ । पानी पार्ने प्रणाली सक्रिय रहेकाले केहीबेर पानी पर्ने र केहीबेर रोकिने क्रम जारी रहन्छ ।’

मार्च, अप्रिल र मे महिना प्री-मनसुनको सिजन हो । सामान्य अवस्थामा जून १० देखि नेपालमा मनसुन सुरु हुन्छ ।

यस्तो छ प्रदेश ३, ४ र ६ को मौसमी पूर्वानुमान 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment