+
+

मतदानपछि प्रियंकाको आग्रह-‘केही हुँदैन भनेर मौन नबसौ, भोट हालौ’

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ३१ गते १५:३४


अहिलेकी नम्बर १ नायिका प्रियंका कार्कीले स्थानिय निर्वाचनमा मतदान गरेकी छिन् । दोश्रो संविधान सभाको निर्वाचनमा उनले पहिलो पटक मतदान गरेकी थिइन् । स्थानिय तहको निर्वाचनमा दोश्रो पटक मतदान गरेपछि उनी उत्साहित देखिइन् ।

कार्कीले मतदान गरेपछि अनलाइनखबरसँग भनिन्-‘बारम्बार मतदान गरेपनि जनताले देखाएको विश्वास राजनीतिक दलका नेताले पुरा गर्न सकेनन् ।’

दलका नेताहरु राजनीतिक रुपमा सफल हुन नसकेको उनको भनाइ थियो । तर, यसो भनेर मतदान नै नगरी बस्न भने नहुने उनले तर्क गरिन् । उनले भनिन्-‘मैले धेरै यूवाहरु जति भोट हालेपनि केही हुने होइन भन्दै मतदानमा नै भाग नलिने गरेको देखेकी छु । तर, यसो भनेर आफ्नो अधिकारबाट टाढा भाग्नु हुँदैन ।’

अहिले त यूवाहरु समेत राजनीतिमा आएको भन्दै सबैलाई मतदान प्रक्रियामा भाग लिन नायिका कार्कीले आग्रह गरिन् । उनले ज्ञानेश्वरमा रहेको मतदान स्थलबाट मतदान गरेकी थिइन् । तपाइले मतदान गरेका उम्मेदवारले जित्छन् त भन्ने प्रश्नमा उनले भनिन्-‘त्यो त कसरी भन्न सकिन्छ र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?