Comments Add Comment

भोट हालेर खाजा खान गएका वीरमानको मृत्यु

३१ वैशाख, काठमाडौं । मकवानपुरमा भोट हाल्न मतदान केन्द्रमा पुगेका एक जनाको मृत्यु भएको छ ।

भोट हालिसकेपछि खाजा खान गएका इन्द्रसरोबर गाउँपालिकामा वीरमान पाख्रिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

इन्द्र सरोबर गाउँपालिका अन्तर्गत वत्सलादेवी माविको मतदान केन्द्रमा भोट हालेपछि नजिकै पसलमा पुगेको उनको बेहोस भएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाखि्रनको शव स्थानीय स्वास्थ्य चौकीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment