Comments Add Comment

धादिङकाे कुन वडामा कसले बाजी मारे ?

१ जेठ । धादिङको विभिन्न स्थानीय तहका ८ वटा वडाको मतगणना सकिँदा नेकपा एमाले र माअाेवादी केन्द्रबीच टक्कर देखिएकाे छ । अाठ वडाकाे मत परिणाम अनुसार एमालेले ३, माओवादी केन्द्रले ३ र नेपाली कांग्रेसले २ वडामा विजय हासिल गरेका छन् ।

धुनिबेसी नगरपालिकाको वडा नम्बर १ र २ मा एमालेका उम्मेदवार विजयी भएका छन् भने वडा नम्बर ३ मा कांग्रेसका उम्मेदवारले जितेका छन् । वडा नम्बर १ मा एमालेका चन्द्रबहादुर तामाङ र वडा नम्बर २ मा बलराम कुँवर विजयी भएका हुन् । त्यसैगरी वडा नम्बर ३ मा नेपाली कांग्रेसका प्रकाश हमाल विजयी भएका छन् ।

उता नेत्रावती गाउँपालिकाको २ वटा वडामा माओवादी केन्द्रले विजयी हात पारेको छ । नेत्रावती वडा नम्बर १ मा चन्द्रबहादुर पल्ली र वडा नम्बर २ मा सुन्दर थापा विजयी भएका हुन् ।

थाक्रे गाउँपालिका १ मा कांग्रेसका उम्मेदवार इन्द्रबहादुर थापाले ६ सय ६१ मतसहित जित हात पारेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका श्यामसुन्दर थापाले ५ सय १५ मत ल्याए । यस वडामा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल थियो ।

त्यस्तै, गजुरी गाउँपालिका वडा नम्बर १ मा एमालेका राजकुमार पण्डित ५ सय ९८ मतसहित विजयी भएका छन् । खनियाबास गाउँपालिका १ मा कांग्रेसका बुद्धि तामाङले २ सय ३१ मत ल्याउँदै जित हात पारे ।

दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका नन्दु तामाङ विजयी भएकी छिन् ।

धादिङमा २ नगरपालिका र ११ वटा गाउँपालिका सहित १३ वटा स्थानीय तहमा १०४ वटा वडा छन् । नीलकण्ठ नगरपालिकाको मतगणना भने साँझबाट मात्रै सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment