Comments Add Comment

स्याङ्जाको फेदीखोला गाउँपालिकामा एमालेको प्रमुख र उपप्रमुख विजयी

२ जेठ, स्याङ्जा । फेदीखोला गाउँपालिकाको अध्यक्षमा एमालेका घनश्याम सुवेदी विजयी भएका छन् ।  जितका लागि उनले ३ हजार ८ सय ६ मत ल्याएका थिए ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तारापति सुवेदीले २ हजार ४६ मत पाएका थिए ।

यस्तै उपाध्यक्षमा पनि एमालेकै देवी थापा ३ हजार ४ सय २८ मत ल्याएर विजयी भएकी छन् । उनको प्रतिद्वन्द्वी कांग्रेसकी मायादेवी पनेरुले १ हजार ६ सय २२ मत पाएकी थिइन् ।

सो गाउँपालिकाको वडा नम्बर १, २, ४ र ५ को वडाअध्यक्षमा पनि एमालेका उम्मेदवारहरु विजयी भएका छन् ।
यस्तै, ३ नम्बर वडामा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment