+
+

युरोपियन कमिसनको प्रतिबन्धित सूचीबाट हटेनन् नेपालका १८ एयरलाइन्स

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ३ गते १०:०५


३ जेठ, काठमाडौं । युरोपियन कमिसनले सुरक्षाको कारण देखाउँदै सन् २०१३ बाट नेपालका एयरलाइन्स कम्पनीहरुमाथी लगाएको प्रतिबन्ध अझै फुकुवा गरेको छैन् ।

नेपाली बिमान कम्पनीहरुमाथीको प्रतिबन्ध कायमै राखेर मंगलबार कमिसनले एयर सेफ्टी सम्बन्धि सूची जारी गरेको हो । प्रतिबन्धित १८ कम्पनीको सूचीमा नेपालको ध्वजावाहक नेपाल एयरलायन्स समेत सामेल छ ।

नेपालले पटक पटक यस्तो प्रतिबन्धित सूचीबाट नेपाली एयरलाइन्स कम्पनीहरुलाई फुकुवा गर्न आग्रह गर्दै आएको भएपनि कमिसनले त्यसको सुनवाई गरेको छैन् ।

‘कमिसनको हवाई सुरक्षा सूचीले कम्पनीहरुलाई उच्च कोटीको सुरक्षा व्यवस्था सुनिश्चितता कायम गर्न मात्र सघाउदैन्, यसले प्रतिबन्धबाट प्रभावित देशहरुलाई उनीहरुको सुरक्षाको स्तरमा सुधार गर्न समेत सहयोग गर्दछ,’ कमिसनले भनेको छ ।

कमिसनले सार्वजनिक गर्ने यस्तो सुचीले अन्य कम्पनीहरुलाई समेत प्रतिबन्धमा पर्नबाट पहिले नै सजक गराउने अपेक्षा गरिएको छ ।

प्रतिबन्धित सूचीबाट बेनिन र मोजाम्बिकका बिमान भने फुकुवा भएका छन् । तर यिनमा थप सुधार भने आवश्यक रहेको कमिसनले उल्लेख गरेको छ ।

प्रतिबन्धित सूचीमा नाइजेरिया, सेन्ट भिन्सिन्ट, ग्रिनाडिज, युक्रेन र जिम्बाबेका एक–एक एयरलाइन्स कम्पनी पनि प्रतिबन्धको सूचीमा थप गरेको छ ।

युरोपियन आकासमा उडान भर्न कुल १ सय ८१ कम्पनीलाई यसपटक रोक्का गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?