Comments Add Comment

रामेछापको लिखु गाउँपालिकामा एमालेको बर्चस्व

४ जेठ,काठमाडौं । रामेछापको लिखु गाउँपालिकामा कुल ३५ सिटमध्ये अध्यक्ष र उपाध्यक्ष सहित ३३ सिटमा एमालेले जितेको छ ।

बिहीवार बिहान घोषित मतपरिणाम अनुसार एमालेका गोविन्दबहादुर खड्का अध्यक्ष र दीपशिखा दाहाल उपाध्यक्षमा निर्वाचित भएका छन् ।

खड्काले ४५९५ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रबहादुर राउतले २४७४ मत प्राप्त गरेर फराकिलो अन्तरमा पराजित भए ।

त्यस्तै, उपाध्यक्षमा एमालेकी दिपशिखा दाहालले ५६०५ मत प्राप्त गरेर बिजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कल्पना खड्काले २४८० मत प्राप्त गरिन् ।

गाउँपालिकाका ७ वडामध्ये एमालेले ६ वडाध्यक्ष सहित ३३ सदस्य जितेको छ भने कांग्रेसले एक वडाध्यक्ष र माओवादी केन्द्रले एक सदस्य हात पारेका छन् ।

वडा नम्बर १ साविक दुरागाउँ गाविसबाट एमालेका निङ्मार तामाङको प्यानलै विजयी हुँदा वडा नम्बर २ साबिक सैपू गाविसमा एमालेले ३ सदस्य जित्यो । तर, वडाध्यक्षमा कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार पदम तामाङ झिनो मतान्तरमा विजयी भए । दुरागाउँमा आजसम्मको इतिहासमै एमालेले पहिलो पटक जितेको हो ।

वडानम्बर ३ र ४ साबिक बिजुलीकोट गाविसबाट एमालेका यामवहादुर महत र लिला बस्नेत वडाध्यक्षमा निर्वाचित भएका छन् भने वडा नम्बर ५ साबिक नागदहबाट एमालेका सोमवहादुर तामाङको प्यानलै बिजयी भएको छ ।

वडा नम्बर ६ साविक खिम्तीबाट सम्पर्क मन्चका पूर्व अध्यक्ष समेत रहेका शिव न्यौपानेको प्यानलै बिजयी भएको छ भने वडा नम्बर ७ साविक तिल्पुङ गाविसबाट एमालेका सुवास बोहोराको प्यानलै विजयी भएको छ ।

गाउँपालिका प्रमुख जितेका गोविन्द खड्का गत संविधानसभा चुनावमा राप्रपाबाट उम्मेदवार बनेका थिए । एमाले प्रवेश गरेका खड्का अहिले जिल्ला कमिटी सचिवालय सदस्य छन् । उपाध्यक्ष दीपशिखा दाहाल एमाले जिल्ला कमिटी सदस्य हुन् ।

वडा सदस्यको उम्मेदवार बनेका कांग्रेसका प्रभावशाली नेता कृष्णबहादुर महत आफ्नै वडामा पराजित बनेका छन् । उनी ४ नम्बर वडाको उम्मेदवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment