Comments Add Comment

काभ्रेको पाँचखाल कांग्रेसले जित्यो, नुवाकोटको विदुरमा एमाले, ककनीमा माओवादी

विदुर नगरपालिकाको नवनिर्वाचित मेयर र उपमेयर

५ जेठ, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका प्रमुखमा कांग्रेसका महेश खरेल विजयी भएका छन् । खरेल एमालेका रुद्र बानियालाई ७ हजार ३ सय ५६ मतका पराजित गर्दै आफ्नो पल्लाभारी बनाउन सफल भएका हुन् ।

बानियाले ६ हजार ८ सय मत पाए ।

उपमेयरमा पनि कांग्रेसकै लक्ष्मी दुनुवारले जितेकी छन् । दनुवारले ७ हजार २६ मतका साथ विजयको खाता खोल्दा उनका निकटतम प्रतिद्वन्द्वी एकालेकी भक्तकुमारी लामाले ६ हजार ६ सय २२ मत ल्याएकी छन् ।

उता, नुवाकोटको विदुर नगरपालिका एमालेको पोल्टामा परेको छ । सुरुदेखि नै कांग्रेस र एमालेबीच कडा टक्कर परेको नुवाकोटमा एमालेका सञ्जु पण्डितले जित हासिल गरेका हुन् । पण्डितले ९ हजार ७ सय ११ मतका साथ जित हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका ध्रुव अधिकारीले ८७४६ मत ल्याएका छन् । माओवादीका लिलानाथ न्यौपानेले ४७५१ मत ल्याउँदै तेस्रो भए ।

उपमेयरमा एमालेकी गीता दाहाल झिनो मत अन्तरले विजयी भएकी छन् । उनले ९१२४ मतका साथ जित दर्ता गराउँदा कांग्रेसकी गीता अमात्यले ९ हजार २ सय २ मत पाइन् ।

उपमेयरमा पनि माओवादी तेस्रो भएको छ । माओवादी केन्द्रकी उपमेयर उम्मेदवार सुभद्रा नेपालले ४७२० मत ल्याइन् ।

नुवाकोटमा माओवादीले खाता खोलेको छ । ककनी गाउँपालिका जित्दै माओवादीले नुवाकोटमा खाता खोलेको हो । ककनीमा माओवादी केन्द्रका मानबहादुर तामाङ ४३३४ मतका साथ बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपेश लामाले ३५९१ मत ल्याए ।

उपप्रमुखमा माओवादीकै सीता खतिवडा विजयी भएकी छन् । उनी ४१३३ मतका साथ विजयी भएकी हुन् । उनलाई सुरुदेखि नै पछ्याएकीकी एमालेकी लजिता तामाङले ३६ सय ९७ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment