Comments Add Comment

किन मिडियासँग यति रुष्ट रणवीर ?


नायक रणवीर कपुर यतिबेला चलचित्र ‘दत्त बायोपिक’मा काम गरिरहेका छन् । सायद, उनी आफ्नो यो लुक्स लुकाउन चाहन्छन् । तर, पापाराजीहरु भने रणवीरको सोही लुक्स बाहिर ल्याउन चाहन्छन् ।

सायद, यही कारणले पनि हुनसक्छ नायक रणवीर कपुर र मिडियाविच ३६ को आँकडा सुरु भएको छ । हालैमात्र रणवीरले एयरपोर्टमा मिडियामाथि यस्तै व्यवहार गरेका छन् । जब, एयरपोर्टमा रणवीरलाई मिडियाले देख्यो, फोटोग्राफरहरुले तस्बिर खिच्न थाले ।

तर, रणवीरले आफ्ना बडिगार्डलाई तस्बिर खिच्नबाट रोक्न भने । यसपछि, तस्बिर खिचिरहेका एक जना फोटोग्राफरमाथि बडिगार्डले हातपात गरे । यतिमात्र होइन, रणवीरका ड्राइभरले ट्रली ब्यागले मिडियाको बाटो छेक्दै भने-‘त्यो पुरानो दिन याद छ कि छैन’ ।

यी सबै कुराहरु रणवीरको उपस्थितीमा नै भएको थियो । तर, रणवीर भने आफ्ना बडिगार्डलाइ मिडियामाथि हातपात गर्न उक्साइरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment