आइतबार, ८ असोज, २०७४
OnlineKhabar.com

काठमाडौंको रुझानः १० वर्षपछि एमालेको कमब्याक, माओवादी र राप्रपा पत्तासाफ

काँठका १० नगरपालिकामा कांग्रेस र एमालेवीच भागवण्डा

मात्रिका पौडेल


५ जेठ, काठमाडौं । काठमाडौं जिल्लामा एक महानगरपालिका र १० नगरपालिकासहित ११ वटा स्थानीय तह छन् । जिल्लाका यी सबै तहमा भएको निर्वाचनको प्रारम्भिक नजिता हेर्दा सत्तारुढ माओवादी केन्द्र ‘क्लिन स्वीप’ हुने देखिएको छ ।

मतगणना भइरहेका काठमाडौंका कुनै पनि नगरपालिकामा माओवादी दोस्रो स्थानमा समेत छैन । माओवादी पार्टीबाट महानगरपालिकाका मेयरका उम्मेदार सर्वोत्तम डंगोलले यसअघि नै हार स्वीकार गरिसकेका छन् ।

लोडसेडिङको अन्त्य गरेर राजधानीबासीलाई उज्यालो उपहार दिएको माओवादीलाई काठमाडौंबासीले किन रुचाएनन् ? यो प्रश्न माओवादीभित्रै पनि उठेको छ ।

माओवादीका उम्मेदवारहरुले काठमाडौं महानगर र अन्य नगरपालिकाहरुमा कतै पनि ३ हजार मतसमेत कटाउन सकेको देखिँदैन ।

काठमाडौंमा ०६४ सालको निर्वाचनमा माधव नेपाल जस्ता नेतालाई हराउने माओवादी अहिले त्यही क्षेत्रका नगरपालिका र महानगरका वडामा जमानत जोगाउन नसक्ने अवस्थामा पुगेको छ । माओवादीले जित्ने आँकलन गरेका तारकेश्वर, टोखा, शंखरापुर, बूढानीलकण्ठ जस्ता नगरपालिकामा तेस्रो स्थानमा पनि अत्यन्त कम मतमा सीमित भएको छ ।

एमालेको कमब्याक

अहिलेसम्मको मतपरिणाम र अग्रताका हिसाबले काठमाडौंमा एमालेलाई धेरै नाफा भएको छ । ०६४ सालको निर्वाचनमा शून्य सीटमा सीमित भएको एमाले ०७० को संविधानसभा चुनावमा आउँदा १० मध्ये २ सीटमा उक्लिएको थियो । तर, यसपटक एमालेको राम्रो ‘कमब्याक’ भएको छ ।

अहिलेसम्म मतगणना सम्पन्न भएका शंखरापुर र टोखामा एमालेले जीत हासिल गरेको छ । शंखरापुरमा सुवर्ण श्रेष्ठ र टोखामा प्रकाश अधिकारीको प्यानल विजयी भएको छ ।

हाल गणना भइरहेकामध्ये बूढानीलकण्ठ र तारकेश्वर नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ ।

विसं. ०४८ देखि ०५६ सम्मको निर्वाचनमा काठमाडौंमा एकलौटी बर्चश्व कायम गरेको एमालेले ०६४ पछि काठमाडौं गुमाएको थियो । ठीक १० वर्षपछि एमालेले गुमेको काठमाडौं फिर्ता गर्ने गरी कमब्याकको संकेत दिएको छ ।

एमालेलाई गत संविधानसभा निर्वाचनमा पहिलो पार्टी हुनबाट रोक्ने काठमाडौं उपत्यका नै थियो । उपत्यकाका १५ सिटमध्ये कांग्रेसले १२ सीट जित्दा एमाले २ सीटमा सीमित भएको थियो । यसपटक क्षतिपूर्ति लिने ढंगले एमाले अघि बढेको छ ।

कांग्रेसलाई क्षति

परिणामका हिसाबले नेपाली कांग्रेसले काठमाडौं जिल्लामा घाटा व्यहोरेको छ । महानगरपालिकामा कांग्रेस शुरुदेखि नै एमालेभन्दा निकै पछि परिरहेको छ ।

महानगरको गणनामा कहिले दोस्रो र कहिले तेस्रो स्थानमा रहेको कांग्रेसले काँठका नगरपालिकाबाट क्षतिपूर्ति लिने अपेक्षा थियो । तर, अहिलेसम्मको मतगणनाको अवस्था हेर्दा कांग्रेसले काठमाडौं जिल्लाका १० मध्ये बढीमा ५ नगरपालिका अर्थात एमालेसँग बराबरीमा चित्त बुझाउनुपर्ने देखिएको छ ।

कांग्रेसले हालसम्म दक्षिणकाली, नागार्जुन र गोकर्णेश्वर नगरपालिका जितेको छ । नागार्जुनमा पनि उपमेयर एमालेले नै जितेको छ भने बहुमत वडाध्यक्ष एमालेकै छन् ।

राप्रपालाई धक्का

गत संविधानसभा निर्वाचनमा समानुपातिक मत तर्फ पहिलो बनेको राप्रपा काठमाडौंका कुनै पनि तहमा प्रतिस्पर्धामा आउन सकेन । महानगर बाहिरका नगरपालिकामा २ वडाध्यक्ष बाहेक राप्रपाले काठमाडौं जिल्लामा आफ्नो उपस्थिति देखाउन सकेको छैन ।

काठमाडौं महानगरपालिकामा एमालेसँग तालमेल गरेर उपमेयर पाएको राप्रपाले त्यहाँ पनि एमालेको मत पाउन सकेको देखिँदैन ।
काठमाडौंको चुनावी रुझान हेर्दा यसपटक एमालेले आफ्नो बिरासत फर्काउने देखिन्छ ।

काठमाडौंको समग्र चुनावी परिणाम नआउने माओवादी र राप्रपाका लागि निराशाजनक अवस्था देखिएको छ । राप्रपाले अझै पनि काठमाडौंको उपमेयरको झिनो आशा जीवित राखिरहँदा माओवादीको झोला भने रित्तिएको छ ।

२०७४ जेठ ५ गते २०:५० मा प्रकाशित (२०७४ जेठ ६ गते १४:१७मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

७ प्रतिकृयाहरू प्राप्त
  • prabhat लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते ९:३५

    this result shows how much neples hate to india. yemale stand against india. nep. congress and maobadi had lots of bad rumour with india.

    2
    2
    Share

  • Arun लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते ९:४४

    Nepali Janta Quantity herdainan, Quality herchan so jasko quality ramro xa of course sabai ko rojai tiyehi pari halxa ni!

    1
    1
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते १०:२५

    UML is best among the worst especially Maoist/RPP/Madhisee/Nayasakti etc. It is anticipated that UML will win lot more seats in Municipalities because of his “Patriotism agenda” ONLY.
    UML also has did nothing while they were in power such as :
    1. Evading 80% tax by businessman – has no action
    2. Sky rocketing market price and black market economy – no action
    3. Corruption in all level of government – no action even promoted
    4. Mafia involvement in NGO sectors, health and education – ZERO action even promoted like mediacal colleage and lots more private boarding
    5. Human Trafficking, women/girls are forced for prostitution – NO ACTION, closed the eye
    6. Ineffective government bureaucracy and NGO/INGO sectors – completely NO ACTION
    7. Increasing revenue, GDP/GNP – NO significant action rather disbursement of fund in non-productive sector.
    8. Very weak foreign policy – no any plan
    9. Load shedding – enjoying with Radha Gawali ‘s and NEA Kafle’s works and % % commission
    10. Mass Youth unemployment & Migration – completely no action
    11. Negative progress on Earthquake rehab. works

    1
    2
    Share

  • शाेभराज पाैडेल लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते ११:००

    जनताले बुझे अनि चिने पनि कुन पार्टि ठिक कुन बेठिक भन्नि कुराे।।।

    1
    1
    Share

  • Resham Giri लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते ११:०५

    sahi ho

    0
    1
    Share

  • bhojraj लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते ११:०७

    karma ko phal

    2
    0
    Share

  • Nepali janata लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते १३:२६

    “खोक्रो रास्ट्रबादी पार्टी एमालेलाई गाउँ-गाउँबाट बहिष्कार गरौ समुन्नत नेपाल निर्माण गरौ”

    कसले भन्यो ? एमालेले केही गरेन भनेर यहाँ हेर्नुस् त एमालेले गरेका कार्यहरू!

    ☞ २०२८ सालमा झापा अन्दोलनको नाममा १८ जना सर्वसाधारणको घाँटी रेटेर हत्या गर्ने हत्यारा पार्टी – एमाले ।
    ☞ मदेस अन्दोलनको क्रममा ५८ मदेसीका टाउको र छातिमा ताकि ताकि गोली हानेर हत्या गर्ने हत्यारा पार्टी – एमाले ।

    ☞ मेची महाकाली अभियानमा निस्कँदा ५ जना मदेसी जनताको गोली हानेर हत्या गर्ने हत्यारा पार्टी – एमाले ।

    ☞ अमेरिकी नेता अाउदा पार्टी कार्यलयमा रहेको कम्युनिस्टको झण्डा लुकाउने पार्टी – एमाले ।

    ☞ राम्ररी कार्यकर्ता बालकोट पुगेपछि तिम्रो बिहे भयो कि भाछैन, के तिम्रो श्रीमान एउटै मात्र हो र भनी गिद्दे नजर लगाउने केपी अोली – एमाले ।

    ☞ खोला नै नभएको ठाउँमा पुल बनाउन भनी करोडौं रकम बाँड्ने विद्यादेवी – एमाले ।

    ☞ मेडिकल कलेज माफिया – एमाले ।

    ☞ प्राय सबैजसो शिर्ष नेताहरुलाई अख्तियारले पत्र काटेको पार्टी – एमाले ।

    ☞ ६ करोडमा सभासद पद बेच्ने पार्टी (राज्यलक्ष्मी गोल्छा काण्ड)- एमाले ।

    ☞ NGO, INGO को नाममा डलरको खेती गर्ने – एमाले ।

    ☞ संबिधान ढुङ्गाको अक्षर हो, संघियता भनेको बाख्राको टाउकोमा भैंसीको सिङ् जस्तै हो भनेर संबिधानको धज्जी उडाउने केपी अोली – एमाले ।

    ☞ २०६६ मा कटुवाल काण्डमा दिल्लीको भारी बोक्ने पार्टी – एमाले ।

    ☞ पशुपतिको भारतीय पुजारी फेर्दा भारतीय राजदूत ल्याएर बिरोधसभा नै गर्ने पार्टी – एमाले ।

    ☞ पुरुषले सुत्केरी भत्ता लिने पार्टी – एमाले ।

    ☞ सुन तस्करी बामदेव गौतम – एमाले ।

    ☞ सहिदको श्रीमती ताक्ने, गुण्डा र तस्करीको गाडी चढेर हिन्ने के.पी. अोली – एमाले ।

    ☞ महाकाली बेच्ने – एमाले ।

    ☞ गुन्डा चरी पाल्ने – एमाले ।

    ☞ मदनलाइ भिरबाट हुत्याउदा चुप बस्ने – एमाले ।

    ☞ लाखौ जनता राजतन्त्रको विरुद्ध सडकमा आउँदा बयलगाडाको उखान हाल्ने के.पी. अोली – एमाले ।

    ☞ ९महिना सरकार चलाउँदा देशको अार्थिक बृद्धि दर ०.७ मा झारेर देशलाई अार्थिक रुपले टाट पल्टाउने – एमाले ।

    ☞माथिल्लो कर्णाली भारतलाई कौडीको भाउम बेचेर उतैबाट चर्को मुल्यमा बिजुली किन्ने – एमाले ।

    ☞ गुन्डागर्दीबाट राजनीति गर्ने – एमाले ।

    ☞ भुकम्प पीडितको नाममा आएको राहत कुम्ल्याउने – एमाले ।

    ☞ आफ्नै एजेन्डा एउटा पनि नभएको पार्टी – एमाले ।

    ☞ पन्चायतले राज्यको नाममा खडा गरेको १६ वटा कलकारखाना बेच्ने – एमाले ।

    ☞ भारतीय राजदुतावासबाट खरबौ कुम्याउने अनी आफैले महाकाली बेचेर अभियानको नाम “मेची महाकाली” राख्दै खोक्रो रास्ट्रवादबाट धानिएको पार्टी – एमाले ।

    ☞ गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी र समानुपातिक प्रणालीको बिरोधि पार्टी – एमाले ।

    ☞ एकल जातीय पहिचानलाई प्रसय दिने पार्टी – एमाले ।

    ☞ सरकारमा हुँदा प्रधानमन्त्री कार्यलयबाट भाडा चोरेर भाग्ने – एमाले ।

    ☞ आफ्नो सरकार ढल्दैन भनेर भबिस्यबाणी गरेको आधारमा आदित्य दाहाललाई 2 करोड दिने तर भुकम्प पीडितलाई एउटा पाल सम्म नदिने पार्टी – एमाले ।

    ☞ माओवादीको सहायताले मात्रै सरकारमा पुग्ने आसय राख्ने पार्टी – एमाले ।

    ☞ बिजुली चोरेर देशलाई जहिल्यै अध्यारोमा राख्ने पार्टी -एमाले ।

    ☞ बिद्युत प्राधिकरणको प्रमुखमा कुलमानलाई राखौ भन्दा नमान्ने र कुलमानलाइ अयोग्य भन्ने पार्टी – एमाले ।

    0
    4
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this