५ जेठ, लमजुङ । स्थानीय तह निर्वाचन अन्तर्गत लमजुङको राईनास नगरपालिकामा एमालेका सिंहबहादुर थापा मेयर पदमा निर्वाचित भएका छन् ।
उनले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका गणेशप्रसाद सिलवाललाई १७५ मतले पछि पारे । सिलवालले ४०८२ मत प्राप्त गरे ।
राईनासमा नेकपा एमाले र नेकपा माओबादी केन्द्रले चुनावी तालमेल गरेका थिए । तर उपप्रमुखको पद पाएको माओवादी केन्द्रले भने यस तहमा जित हासिल गर्न सकेन ।
उपप्रमुखमा कांग्रेसकी धनकुमारी गुरुङ ४१०० मत ल्याएर बिजयी भइन् । एमालेको समर्थनमा उम्मेदवारी दिएका माओवादीका पुष्पराज खनालले ३८४७ मतमात्र पाए ।
यो सँगै नेकपा एमालेले पहिलो चरणको चुनाव भएको क्षेत्रमा १०४ स्थानीय तहमा नेतृत्व पाएको छ ।
त्यस्तै लमजुङका आठै स्थानीय तहको अन्तिम परिणामसमेत आएको छ । लमजुङमा ५ तहमा एमाले, २ तहमा कांग्रेस १ तहमा माओवादी केन्द्रले प्रमुखमा जित हासिल गरेका छन् ।
प्रतिक्रिया 4