+
+

मध्यपुर थिमीको मेयरमा एमालेका मदनसुन्दर श्रेष्ठ बिजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ८ गते १३:२४

८ जेठ, भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मेयरमा नेकपा एमालेका मदनसुन्दर श्रेष्ठ बिजयी भएका छन् ।

उनले १४,००३ मत प्राप्त गरेका छन भने उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका अष्ट कबेले १०, ८४६ मत ल्याएका छन । नवनिर्वाचित मेयर श्रेष्ठले ३१५७ मतको अन्तरले जीत आफनो पोल्टामा पारेका हुन ।

उपमेयरमा भने नेपाली काँग्रेसका अन्जना मधीकर्मीले १०६६५ मत प्राप्त गरि बिजयी भएकी छन् । निकटतमक प्रतिद्धन्द्धी नेपाल मजदुर किसाना पार्टीका केदार खड्काले ८१२३ मत प्राप्त गरे ।

मध्यपुर ठिमी नगरपालिका स्थापनादेखिकै कांग्रेसको बर्चश्व यसपटक एमालेले तोडेको छ । नेपाल मजदूर किसान पार्टीलाई उपमेयर दिएको एमालेले मेयर सहित बहुमत वडामा बिजय हासिल गरेको छ ।

यसअघि भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले मेयर, उपमेयरदेखि सबै वडामा एकलौटी जीत हासिल गरेको छ भने सूर्यविनायक नगरपालिकामा मेयर, उपमेय लगायतका ७ वटा वडामा नेकपा एमालेले जीत हासिल गरेको छ । यहाँ नेपाली काँग्रेसले ३ वटा वडा मात्रै आफनो पोल्टामा पारेको छ ।

भक्तपुरमा चार नगरपालिकामध्ये हालसम्म दुई एमालेले जितेर इतिहास कायम गरेको छ । यसअघि भक्तपुरमा एमाले तेस्रो शक्ति थियो तर यसपटक पहिलो शक्ति बन्ने निश्चित भएको छ ।

अब री चाँगुनारायण नगरपालिकाको परिणाम आउन बाँकी छ । वडा नं ४ को मतगणनामा विवाद देखिएपछि यहाँको मतगणना अनिश्चित बनेको छ । हिजो बसेको सर्वदलिय बैठकले विवाद समाधान गर्न नसकेपछि अब चाँगुनारायणको मतगणनाका बिषयमा निर्वाचन आयोगले नै निर्णय गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?