Comments Add Comment

रामेछाप बजारमा झाडापखालाको महामारी

९ जेठ, रामेछाप । रामेछाप नगरपालिकाको पुरानो सदरमुकाम रामेछाप बजार आसपास झाडापखालाको कारण एक सय भन्द बढी बिरामी परेका छन् । महामारी सोमबारदेखि फैलिएको हो ।

रामेछाप बजार र आसपासका क्षेत्रबाट २ दिनको बीचमा झाडापखालाका एकसय भन्दबढी विरामीहरु उपचारको लागि जिल्ला अस्पतामाल पुगको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा. प्रकाशप्रसाद साहका अनुसार रामेछाप नगरपालिका ८ को वादी, रामेछाप बजार र लामा गाउँमा झाडापखालाका विरामीहरु देखापरेका छन् । विरामीमध्ये १५ जनाभन्दा बढी अस्पता भर्ना भएका छन् ।

दुषित पानी सेवन गरेको कारण झाडा फैलिएको हुन सक्ने आशंकामा पानी परीक्षणका लागि काठमाडौं पठाएको डा. साहाले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालय आसपासको क्षेत्रमा झाडापखाला फैलिएपछि त्यसको रोकथामका लागि उपचारका साथै जनचेतना जगाउने काम स्वास्थ्य कार्यालयले गरिरहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले उमालेर वा निर्मलीकरण गरेर मात्र पानी पिउन आग्रह गरेको छ । झाडापखालाका बिरामीहरु बढेका भए पनि आत्तिनु पर्ने अवस्था नरहेको साहले बताए । रोग नियन्त्रित अवस्थामै रहेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment