Comments Add Comment

स्मार्ट टेलिकमलाई पनि फोरजी सञ्चालनको अनुमति


१० जेठ,  काठमाडौं । अब स्मार्ट टेलिकमले पनि चौंथो पुस्ताको दूरसञ्चार सेवा फोरजी सेवा प्रारम्भ गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई पनि फोरजी सञ्चालनको अनुमति दिएको छ ।

आगामी साउन १५ पछि गतेदेखि फोरजी चलाउन सक्ने गरी स्मार्ट टेलिकमलाई फोरजी अनुमति दिइएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।

प्राधिकरण सञ्चालक समितिको बैठकले कम्पनीले फोरजीका लागि पेश गरेको रोलआउट प्लानलाई स्वीकृत गर्दै फोरजी सञ्चालनको बाटो खुला गरिदिएको छ ।

अब स्मार्ट टेलिकमले तत्कालै फोरजीको परीक्षण गर्न गर्न सक्नेछ । कम्पनीले फोरजी सञ्चालनका लागि पूर्वाधार तयार गरिसकेको छ ।

उसले फोरजीका लागि आन्तरिक तयारीसमेत गरिरहेको छ । स्मार्ट टेलिकमले १ हजार ८ सय मेगाहर्ज ब्यान्डमा १२ मेगाहर्ज पि|mक्वेन्सी छ । यसमध्ये ५ मेगाहर्जलाई उसले फोर-जीमा उपयोग गर्ने योजना बनाएको छ ।

यसैलाई उपयोग गरेर अब उसले फोरजी चलाउन सक्ने प्रवक्ता अर्यालले बताए । फोरजीका लागि थप फ्रिक्वेन्सी भने नदिइएको अर्यालले बताए ।

सरकारलाई वुुझाउनुपर्ने फ्रिक्वेन्सी दस्तुर, रोयल्टी तथा नव्किरण दस्तुर लगायतका तिर्नुपर्ने दस्तुर वुझाइसकेपछि स्मार्टले लाइसेन्स पाउनेछ ।

प्राधिकरणले यथा सम्भव नेपालभर सेवा संचालन गनूृपर्ने , प्रत्येक ३ महिनामा कार्यप्रगति प्राधिकरणमा पेश गर्नुपर्ने, क्षेत्र विस्तार तथा गुणस्तरका सम्बन्धमा प्राधिकरणले समय समयमा दिइने निर्देशन पालना गर्नुपर्ने शर्त सहित लाइसेन्स दिइएको अर्यालले बताए ।

फोरजीका लागि निवेदन दिएको युटीएलले भने अनुमति पाएको छैन । नेपाल टेलिकमले यसअघि नै फोरजी सेवा सञ्चालनमा ल्याइसकेको छ ।

संशोधन गरिएको दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्यसम्बन्धी) नीतिले पुरानै ब्यान्डको फ्रिक्वेन्सीमा नयाँ सेवा सुरु गर्न पाइने व्यवस्था गरेको छ ।

सोही व्यवस्थाअनुसार स्मार्टले प्रविधिगत तटस्थता (टेक्नोलोजी न्युट्रल) गरी पहिले नै पाएको १ हजार ८ सय मेगाहर्ज ब्यान्ड फ्रिक्वेन्सीमा फोरजी चलाउन अनुमति पाएको हो । नेपाल टेलिकम र एनसेलले पनि टेक्नोलोजी न्युट्रालिटीमा फोरजी लाइसेन्स पाएका थिए ।

एनसेलले जेठ १८ बाट थ्रीजी सेवा सुरु गर्ने गरी अनुमति पाएको छ । उसले विभिन्न शहरमा एकैपटक सेवा थाल्न तयारी गरिरहेको छ ।

के हो फोरजी ?

फोरजी भनेको ‘फोर्थ जेनेरेसन वायरलेस’ अर्थात चौथो पुस्ताको ताररहितको इन्टरनेट डाटा प्रविधि जुन मोबाइल इन्टरनेट प्रबिधिमा सवैभन्दा पछिल्लो प्रबिधि हो ।

पछिल्लो प्रबिधि भएको हुनाले स्वभाविकरुपमा फोरजी थ्रीजीभन्दा तिब्र गतिको हुन्छ । आइटियूको मापदण्ड अनुसार १ सय मेगाबिट्स प्रति सेकेन्ड (एमबीपीएस) गतिको इन्टरनेट सहितको सेवालाई फोरजी भनिन्छ ।

बिभिन्न देशमा टेलिकम कम्पनीहरुले १ सय एमबीभन्दा कम क्षमतामै फोरजी सेवाका रुपमा चलाइरहेका छन् । नेपाल टेलिकमले भने ३०एमबीपीएसमा फोरजी चलाइरहेको छ ।

फोरजी सेवामा मोबाइल वेब एक्सेस, आइपि टेलिफोनी, गेमिङ सर्भिस, हाइ डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रीडी टेलिभिजन र क्लाउड कम्प्युटिङ पनि पर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment