+
+
Shares

झापाका ४ तहमा कांग्रेसले छान्यो उम्मेदवार

रासस रासस
२०७४ जेठ ११ गते १७:१३

११ जेठ, झापा । नेपाली काँग्रेसले स्थानीय तहको दोस्रो चारणको निर्वाचनका लागि चारवटा तहमा सर्वसम्मत उम्मेदवार चयन गरेको छ ।

दश नगरपालिका र पाँच गाउँपालिका रहेको झापामा बिर्तामोड, दमक, कमल र गौरादह नगरपालिकामा प्रमुख र उपप्रमुख पदका लागि उम्मेदवार चयन गरेको हो ।

बिर्तामोड नगरपालिकाको प्रमुखमा जलकुमार गुरुङ, उपप्रमुखमा पार्वता गिरी, दमक नगरपालिकाको प्रमुखमा ढुण्डीराज भण्डारी, उपप्रमुखमा रेगिना भट्टराई, कमल नगरपालिकाको प्रमुख उपप्रमुखमा क्रमशः हुकुमसिंह राई, दीपा गौतम र गौरादह नगरपालिकाको प्रमुखमा रोहित साहलाई चयन गरेको पार्टीका जिल्ला अध्यक्ष उद्धव थापाले बताए ।

उनका अनुसार अन्य तहमा आकाङ्क्षी धेरै भएका कारण उम्मेदवार चयनमा सकस भइरहेको छ । सकेसम्म १२ गतेसम्ममा जिल्ला र क्षेत्रमै उम्मेदवारको टुङ्गो लगाउने र नसकेका स्थानको टुङ्गो केन्द्रीय समितिले लगाउने अध्यक्ष थापाको भनाइ छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?