+
+

पत्रपत्रिकाका फ्रन्टपेजः नीति तथा कार्यक्रम पुरानै, थपिएका तहको चुनाव तेस्रो चरणमा

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १२ गते ७:४४

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमको विषयलाई आजका सबैजसो पत्रिकाहरुले प्रमुखताका साथ छापेका छन् । सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले गरेको आह्वान पनि पत्रपत्रिकाहरुले छापेका छन् । थपिएका स्थानीय तहमा जेठ ३१ मा निर्वाचन हुने या नहुनेबारे अन्योलता बढिरहेका बेला तेस्रो चरणमा निर्वाचन गर्ने विकल्प अघि सारिएको छ । पत्रपत्रिकाहरुले यो विषयलाई पनि उठाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विषयलाई गोरखापत्र दैनिकले मुख्य खबर बनाएर छापेको छ । थपिएका स्थानीय तहमा जेठ ३१ मा निर्वाचन गर्न असम्भव भनेर निर्वाचन आयोगले व्यक्त गरेका धारणालाई पनि गोरखापत्रले लेखेको छ ।

सरकारले पुरानै नीति तथा कार्यक्रम प्रस्तुत गरेको विषयलाई मुख्य खबर बनाएको नयाँ पत्रिका दैनिकले सरकार गठन प्रक्रिया सुरु भएकादेखि एमालेको अबको रणनीति सम्मका सामग्री पहिलो पृष्ठमा पस्केको छ ।
थपिएका स्थानीय तहमा जेठ ३१ मा निर्वाचन गर्न निर्वाचन आयोग असमर्थ रहेको समाचार लेखेको कान्तिपुर दैनिकले नीति तथा कार्यक्रमसँगै मधेसी मोर्चाबीच निर्वाचनमा तालमेल गरेर अघि बढ्ने छलफल सुरु भएको लेखेको छ ।

नागरिक दैनिकले पनि अन्य पत्रिकाहरुले जस्तै पुरानै नीति तथा कार्यक्रम सरकारले प्रस्तुत गरेको छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?