Comments Add Comment

ब्राड पिट र साहरुख एकसाथ, खानले भने-‘हामीले शैली परिवर्तन गर्नुपर्छ’

हलिउडका प्रसिद्ध अभिनेता ब्राड पीट अचानक भारत पुगे । उनले आफ्नो भारत यात्रालाई गोप्य राखेका थिए । भारतमै आयोजित एक कार्यक्रममा नायक साहरुख खानसँग उनको भेट भयो ।

उक्त भेटघाटमा साहरुखले बलिउडमा हलिउड हाबी हुनसक्ने भन्दै चिन्ता ब्यक्त गरे । ‘भाषाको बन्देज सार्‍है साँघुरो हुँदै गएको छ । हामीले चलचित्र निर्माण शैलीमा परिवर्तन गरेनौ भने बलिउडमा हलिउड हाबी हुनसक्छ ।’ साहरुखले भने ।

साहरुखको भनाई अनुसार भारतीय चलचित्रलाई अब बदल्नु पर्छ । ‘हामीले धेरै कुरा सिक्न जरुरी छ । हलिउडले धेरै कुरा गरिसक्यो ।’ साहरुखले भने ।

हिन्दी चलचित्रमा गीत राख्ने गरेको प्रसंगमा उनले भारत बाहिर देखाइने चलचित्रमा गीत र नृत्य जरुरी नभएको बताए । गीत र नृत्य हाम्रा दर्शकका लागि महत्वपूर्ण हुनसक्छ । तर, अमेरिकाका दर्शकलाई गीत नभएपनि फरक पर्दैन । अभिनेता पिट आफ्नो चलचित्र ‘वार मसिन’ को प्रचारका लागि भारत पुगेका थिए । उनी र साहरुखले एकसाथ बसेर मिडियासँग कुराकानी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment