१२ जेठ , कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीले कैलालीमा उम्मेदवारहरुको टुङगो लगाएको छ ।
यही जेठ ३१ गते हुँने स्थानीय तहको दोस्रो चरणको चुनावका लागि राप्रपाले कैलालीका १३ वटै स्थानीय तहका उम्मेदवारहरु टुङगो लगाएको जनाएको छ ।
पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र बहादुर सिंहको अध्यक्षतामा बसेको जिल्ला कार्यसमितिको बैठकले उम्मेदवारहरुको टुंगो लगाएको हो ।
७ नम्बर प्रदेशको एकमात्र धनगढी उपमहानगरपालिकामा राप्रपाले मेयरमा विष्णु बहादुर साहुलाई उम्मेदवार बनाएको छ ।
उपमेयरमा भने राप्रपाले पूर्व मेयर जनक कुमारी कुँवरलाई उम्मेदवार बनाएको छ । राप्रपाका जिल्ला अध्यक्ष गजेन्द्र बहादुर सिंहका अनुसार उपमेयरकी उम्मेदवार बनेकी कुँवर तत्कालिन ज्ञानेन्द्र शाहको पालामा धनगढी नगरपालिकाको मेयर भएर काम गरेकी हुन ।
यस्तै राप्रपाले टीकापुर नगरपालिकाको मेयरमा रामकृष्ण चौधरी र उपमेयरमा मञ्जुदेवी रावल, लम्कीचुहा नगरपालिकाको मेयरमा शोभा सिंह राठौर र उपमेयरमा धर्मराज तिमिल्सिना उम्मेदवार बनाएको छ ।
यस्तै भजनी नगरपालिकाको मेयरमा राजकुमार चौधरी र उपमेयरमा जयरानी डगौरा, घोडाघोडी नगरपालिको मेयरमा छोटेलाल चौधरी र उपमेयरमा सरस्वती बोहरालाई उम्मेदवार बनाएको छ ।
यता गौरीगंगा नगरपालिकाको मेयरमा तिलक महत र उपमेयरमा चित्रा चन्दलाई उम्मेदवार बनाएको छ ।
राप्रपाले गोदावरी नगरपालिकाको मेयरमा चन्द्रबहादुर सिंह र नरपदादेवी भट्टलाई उपमेयरको उम्मेदवारमा चयन गरेको छ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले जानकी गाउँपालिकाको अध्यक्षमा मानबहादुर चौधरी र उपाध्इक्षमा परमरानी बडायकलाई चयन गरेको छ भने बर्गगोरिया गाउँपालिकाको अध्यक्षमा मित्र बहादुर घर्तिमगर र उपाध्यक्षमा नन्दादेवि खड्कालाई चयन गरेको छ ।
जोशिपुर गाउँपालिकाको अध्यक्षमा भिम बहादुर बम र उपाध्यक्षमा आशा देवी चौधरीलाई उम्मेदवार बनाइएको छ । चुरे गाउँपालिकाको अध्यक्षमा प्रकाश गुरुङ्ग र उपाध्यक्षमा ललिता सिंहलाई उम्मेदवार बनाइएको राप्रपा कैलालीले जानकारी दिएको छ ।
प्रतिक्रिया 4