Comments Add Comment

श्रृष्टी र आयुष्मानले गरे सैलुनको उद्घाटन


पूर्व मिस नेपाल तथा नायिका श्रृष्टी श्रेष्ठ र नायक आयुष्मान देसराज जोशीले काठमाण्डौको दरबारमार्गमा संचालनमा आएको ‘दि भान युनिसेक्स सैलुन’को उद्घाटन गरेका छन् । उनीहरुको साथमा नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा पनि उद्घाटन गर्न पुगेकी थिइन् ।

नेपालका अनुभवी तथा भारतबाट झिकाइएका पोख्त ब्यूटिसियन तथा हेयर डिजाइनरहरुबाट यो सैलुनमा सेवा दिइने बताइएको छ । कार्यक्रममा बोल्दै उद्योग बाणिज्य महासंघकी अध्यक्ष राणाले नेपालमा सैलुन व्यवसायकले गती लिइरहेको समयमा यसरी एकपछि अर्को सैलुन संचालनमा आउनु सुखद भएको बताइन् ।

दि भान युनिसेक्स सैलुनमा दक्ष एवं अनुभवी व्युटिसियन तथा हेयर डिजाइनरहरुबाट मेनिक्योर, पेडिक्योर, वाक्सिङ, आइलेस एक्टेन्सन, रिफ्लेक्सोलोजी, फेसियल, मसाज, नेलसर्भिस तथा हेयर सर्भिसहरु उपलब्ध रहेको संचालकले बताएका छन् ।

कार्यक्रममा नायक आयुष्मानलाई भेट्न पुगेका उनका यूवती फ्यानहरुले थरी-थरीका प्रस्ताव राखेका थिए । कसैले बिहे गर्ने त कसैले डेटिङ जाने प्रस्ताव उनीमाझ राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment