+
+
Shares

निश्चल र स्वस्तिमाको ‘कुटुमा कुटु’

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १४ गते १६:३६

भदौ २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘२ रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । असिम शाहको निर्देशनमा तयार भएको यो चलचित्रको लोक लयमा आधारित गीतमा निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्काले नृत्य गरेका छन् ।

निश्चल र स्वस्तिमालाई दर्शकले पहिलो पटक पर्दामा देख्न पाएका हुन् । ए जी टु वान प्रोडक्शन र ब्लाक हर्स पिक्चर्सको संयुक्त ब्यानरमा यो चलचित्र निर्माण भएको हो । यो गीतमा चलचित्रका मुख्य कलाकार आशिफ शाहलाई पनि देख्न सकिन्छ ।

चलचित्रमा निश्चल र आसिफको मुख्य भूमिका छ । राजनराज सिवाकोटीको शब्द तथा संगीतमा तयार भएको यो गीतमा राजन इशान र मेलिना राइको स्वर छ । यो गीतको भिडियोलाई शिवराम श्रेष्ठले खिचेका हुन् । कमेडी कथामा यो चलचित्र निर्माण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?